लैगिंक हिंसा मुक्त क्षेत्र निर्माणका लागि अर्घाखाँचीका सरोकारवालाहरु एकमत

नविन के.सी 
अर्घा, अर्घाखाँची । आज लैगिंक हिंसा विरुद्धको जिल्ला संयोजन समितिको बैठक जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सम्पन्न भएको छ । 
सो बैठकमा लैगिंक हिंसा विरुद्धको १६दिने अभियानको समीक्षा, लैगिंकतामा आाधारित हिंसाको सुचना व्यवस्थापन प्रणाली तथा लैगिंक हिंसामुक्त क्षेत्र निर्माण अभियानका लागि म एक पुरुष हुँ लिंगमा आधारित हिंसाको विरोधी हुँ भन्ने रणनैतिक विधिको संचालन सम्बन्धी छलफल भएको छ । सो बैठकमा लैगिंक हिंसा विरुद्धको जिल्ला संयोजन समितिका सदस्यहरुले लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान तुलनात्मक रुपमा प्रभावकारी भएको समीक्षा गर्दै सो अभियानमा सम्वद्ध सबै व्यक्ति, निकाय, सरकारी तथा गैरसरकारी निकाय तथा स्वयंसेवकहरुलाई धन्यवाद ज्ञापन गरियो ।
 बैठकमा लैगिंकतामा आधारित हिंसाको सुचना व्यवस्थापन प्रणालीलाई थप मजबुत बनाउने सहमति भयो भने लैगिंकतामा आधारित हिंसा मुक्त अभियानलाई अझै प्रभावकारी बनाउन म एक पुरुष हुँ लिंगमा आधारित हिंसाको विरोधी हुँ भन्ने रणनैतिक विधिको प्रयोग गरी अर्घा गा.वि.स.को गन्धर्व वस्तीमा कार्यक्रम संचालन गर्ने निर्णय भएको छ ।  सो बैठकको समापन गर्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले लैगिंकतामा आधारित हिंसालाई न्यूनिकरण गर्न सबै सरोकारवाला निकायको साझा दायित्व हुनुपर्ने पक्षमा जोड दिनुभयो ।