बल्कोट गाविसलाई घरमा प्रसुति मुक्त गा.वि.स घोषणाका लागि अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

नविन के.सी 
बल्कोट, अर्घाखाँची । जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजना तथा यु.एन.एफ.पि.ए र जिल्ला विकास समितिको कार्यालय अर्घाखाँचीको सहयोगमा बल्कोट गा.वि.स.लाई घरमा प्रसुति मुक्त गा.वि.स. घोषणा अभियानका लागि आज महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरु बीच बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भएको छ ।
 

सो गोष्ठीबाट गा.वि.स.लाई घरमा प्रसुतिमुक्त बनाउन के गर्न सकिन्छ र विद्यमान अवस्था के छ भन्ने विषयमा अन्तरक्रिया भएको छ । 
सो अन्तरक्रियामा सहभागी महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरुले घोषणा अभियानलाई दु्रत रुपमा अगाडी बढाउने प्रतिवद्धता गर्नुका साथै यसका लागि आवश्यक रुपमा गर्नुपर्ने घरदैलो स्तरीय सचेतना, संचारमाध्यमको वृहत परिचालन तथा अन्य प्राविधिक साधनहरुको समेत माग गरेका छन् । 
गोष्ठीको सहजीकरण जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेल तथा यु.एन.एफ.पि.ए.का कर्णबहादुर नेपालीले गर्नुभएको थियो र अध्यक्षता मेडिकल अधिकृत सुरेन्द्र रायमाझीले गर्नुभएको थियो ।