हरिहर साधारण, संस्कृत तथा प्रवीधीक उच्च माविको ७९ औँ वार्षिक उत्सव समारोह तथा ११५ औँ हरीहर जयन्ती कार्यक्रम पोखराथोकमा प्रारम्भ (फोटो फिचर)

डिल्लीराज घिमिरे 
पोखराथोक, अर्घाखाँची  ।  अर्घाखाँची जिल्लाको पुर्व दक्षिण खिदीम ईलाका पोखराथोक १ मा रहेको पश्चिमांचलकै पहिलो विद्यालय हरिहर संस्कृत तथा प्रवीधीक उच्च माद्यमिक विद्यालयले आयोजना गरेको विद्यालयको ७९ औँ वार्षिक उत्सव समारोह तथा ११५ औँ हरीहर जयन्तीको अवसरमा संचालित तीनदिने कार्यक्रमको पहिलो दिन उद्घाटन समारोहसँगै अन्तर सदन स्तरीय दौड १-३,४-५ ६-८,९-१२,भलिवल र छेलो प्रतियोगीता सम्पन्न भएको छ । 


उद्धाटन सत्र कार्यक्रमको अध्यक्षता विद्यालय व्यावस्थापन समिती अध्यक्ष अचुत गौतम,प्रमुख अतिथी स्रोत व्याक्ती यादव घिमिरेले हुनुहुन्थ्यो । 


यस्तै विद्यालय प्राचार्य हरी प्रसाद शर्मा,क्याम्पस प्रमुख गणपति घिमिरे,वर्तमान तथा भुतपुर्व विद्यालय व्यावस्थापन समितीका पदाधिकारी,खिदीम प्रहरी चौकी प्रमुख लगायत पत्रकार एवं पिएसएम व्युरो डिआरजी सुमन लगायतका व्याक्तीत्वको आथित्यता रहेको कार्यक्रमको संचालन शिक्षक कृष्ण प्रसाद घिमिरेले गर्नु भएको थियो । अध्यक्ष र प्रमुख अतिथी अथितीद्धयले उद्घाटन सत्रको औपचारिक कार्यक्रम दिप प्जवलन गरेर सुरु भएको छ । कार्यक्रमको दोस्रो दिन भोली निबन्ध,बक्तीत्वकला शिर्सक जिवनोपयोगी शिक्षा र मावी उमावीको शिर्सक देश निर्माणमा युवाको भुमिका विषयक हुनेछ । 


यस्तै हाईजम्प,लँगजम्प,हाँजीरी जवाफ कार्यक्रमको साथ हुनेछ भने तेस्रो तथा अन्तिम दिन घैटोफोर,शिक्षकहरुलाई सम्मान,पुरस्कार,विद्यालयको प्रतिवेदन प्रस्तुत गर्दै विदाई समारोह रहने आयोजकले जनाएको छ ।