नाकाबन्दी र भ्रष्टचारी अन्त्यको माग गर्दै राष्ट्रिय जनमोर्चाद्धारा सन्धिखर्कमा बिरोध प्रदर्शन (फोटो फिचर)

गोपाल प्रसाद भट्टराई
 सन्धिखर्क, अर्घाखाँची । भारतिय नाकाबन्दीको बिरुद्ध र कालोबजारी सँगै मौलाएको भ्रष्ट्रचारको अन्त्यको माग गर्दै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सन्धिखर्कमा बिरोध प्रदर्शन गरेको छ ।


सन्धिखर्क मसालबजार बाट कालो ब्यानर,नाकाबन्दी र बैदेशिक हस्तक्षेप बिरुद्ध नारा लेखिएका प्यले कार्ड सहित सुरु भएको जुलुस सहितको प्रदर्शन शान्ति बँगैचामा पुगेर सभामा परिणत भएको थियो ।


बिरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर के.सी.ले सार्वभौम सम्पन्न राष्ट्र नेपालको पारवहन अधिकारमाथी हनन गरी लगाएको नाकाबन्दी भारतको दादागिरी र हैकमवादी प्रविति भएको र भारतको दादागिरी धरै नटिक्ने भन्दै कडा प्रतिवाद गर्नुभएको थियो ।
सभामा प्रसङ्ग बदलेर बोल्दै नेता के.सी.ले अर्घाखाँची जिल्लामा केही राजनैतिक दलहरुसँग मिलेर शिक्षा कार्यालयले शिक्षक न्यूक्ती गरेको आरोप लगाउँदै यसको राष्ट्रिय जनमोर्चा ले भण्डाफोर गर्ने बताउनुभयो ।उहाँले नरपानीको चुनढुङ्गा उत्खननको बिषयमा फेरी चर्चा चल्न थालेको भन्दै चुनढुङ्गा उत्खनन बन्द गर्न जनताले अन्तिम लडाई लड्ने भन्दै जनताको आन्दोलनमा राष्ट्रिय जनमोर्चाले पूर्ण सहयोग गर्ने बताउनुभयो ।


कार्यक्रममा बोल्दै अखिल,नेपाल,किसान,संघका केन्द्रिय कोषाध्यक्ष कृष्ण के.सी.ले नुन र तेलको नाममा  नेपालको स्वाभिमान झुक्न दिन नहुने भन्दै सम्पूर्ण नेपालीहरु राष्ट्रिय स्वाधिनताको पक्षमा एक हुनुपर्ने बताउनुभयो ।


कार्यक्रमका अर्का वक्ता ने.क.पा.(मसाल)का जिल्ला प्रवक्ता थम्मन के.सी.ले संबिधान जारी भएसँगै देशले भोगेको संकट संघियताको परिणाम भएको भन्दै नेपाल जस्तो विविधतामा एकता भएको अखण्ड देशमा संघियता खारेजिको विकल्प नभएको दाबी गर्नुभयो ।


राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष झविलाल थापाको अध्यक्षता र सचिव गोपाल पौडेलको संचालनमा सम्पन्न भएको कार्यक्रममा रक्तिम साँस्कृतिक अभियानका कलाकार हरुद्धारा झुक्दैन स्वाभिमान नाकाबन्दीले,टिक्दैन संघियता जबरजस्तीले भन्ने गित र नृत्य प्रस्तुत गरेका थिए ।