फिलिपिन्समा शक्तिशाली आँधी आउने खतरा

फिलिपिन्समा शक्तिशाली आँधी आउने खतरा बढेको छ । सो आँधीको त्रासका कारण सात लाखभन्दा बढी स्थानीय बासिन्दालाई अन्यत्रै सारिएको छ ।
मध्य फिलिपिन्सका केही क्षेत्रमा बाढी र पहिरो आएको छ । दुई दिनदेखि वर्षा जारी छ । त्यसैले सो क्षेत्रमा आँधीको खतरा पनि बढेको जनाइएको छ ।
मेलर नामको सो आँधीका कारण मध्य फिलिपिन्सको सामार टापू नजिकका वासिन्दामा त्रास छाएको छ । उक्त क्षेत्रमा करिब १५ लाख नागरिकको बसोबास रहेको छ । सो क्षेत्रमा सोमबार बिहानैदेखि प्रतिघन्टा १८५ किलोमीटरसम्म हावा चलेको छ ।
अधिकारीहरुले सम्भावित खतराको अवस्थामा रहेका क्षेत्रका नागरिकलाई अन्यत्रै सारिएको र आवश्यकताका आधारमा सहयोग र उद्धारका लागि पनि तयारी अवस्थामा रहेको जनाएका छन् । (एएफपी)