संबिधान निर्माण पछिको अबस्था बुझाउन कांग्रेस पस्यो अर्घाखाँचीका गाँउ-गाँउमा (फोटो फिचर)

प्रेम आचार्य
सन्धिखर्क, अर्घाखाँची   । संबिधान निर्माण , संबिधानका  अन्तर बस्तु र उत्पन्न देसको अबस्थाको बारेमा जानकारी दिन नेपाली कांग्रेसले गाँउ जनजागरण अभियान सञ्चालन गरेको छ । 

नेपाली कांग्रेस अर्घाखाँचीको जनजागरण अभियान दुर्गाफाटरमा ।

जिल्लाका बिभिन्न क्षेत्रमा कार्यक्रम गरि संबिधान काग्रेसले खेलेको भुमिका र सबिधान निर्माण सगै देसमा उत्पन्न भएको संकटका बिषयमा आफ्ना कार्यकर्तालाई जानकारी गराउन गाँउ-गाँउमा अभियान सञ्चालन गरेको कांग्रेस अर्घाखाँचीका सभापति कमल प्रसाद भुसालले बताए । 

नेपाली कांग्रेस अर्घाखाँचीको जनजागरण अभियान दुर्गाफाटरमा ।

देसमा उत्पन्न परिस्थिति , भारतले गरेको अघोषित नाकाबन्दी र मधेस आन्दोलनका बारेमा सर्बसाधारण र कार्यक्रतालाई जानकारी दिन जिल्लाका बिभिन्न स्थानमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

नेपाली कांग्रेस अर्घाखाँचीको जनजागरण अभियान दुर्गाफाटरमा ।

जिल्लाका बिभिन्न स्थानमा जनजागराण सभा सुरु गरेको काग्रेसले दक्षिण क्षेत्रको सितापुर, पुर्बी क्षेत्रको दुर्गाफाट, पश्चिमी क्षेत्रको खिल्जीमा सम्पन्न गरेको काग्रेस जिल्ला कार्य समितिका कोषाध्यक्ष हरिबहादुर खड्काले बताए । 
नेपाली कांग्रेस अर्घाखाँचीको जनजागरण अभियान दुर्गाफाटरमा ।

जनजागरण सभालाई काग्रेस केन्द्रिय सदस्य तथा महिला नेतृ पुस्पा भुसाल, काग्रेसका पुर्ब केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री रेवतीराज भुसाल, काग्रेस जिल्ला कार्य समितिका सभापति कमल प्रसाद भुसाल लगायतले सम्बोधन गरिरहेका छन ।
 
नेपाली कांग्रेस अर्घाखाँचीको जनजागरण अभियान दुर्गाफाटरमा ।

यसपछि हंसपुर, केरुंगा, अर्घातोष, धारापानी र सन्धिखर्कमा कार्यक्रम सञ्चालन गर्ने काग्रेस अर्घाखाँचीका सचिब बासुदेब आचार्यले बताए । 
नेपाली कांग्रेस अर्घाखाँचीको जनजागरण अभियान दुर्गाफाटरमा ।

नेपाली कांग्रेस अर्घाखाँचीको जनजागरण अभियान सितापुरमा ।