कांग्रेस अर्घाखाँचीको जनजागरण अभियान ढाकाबाङमा, ओली सरकारका कारण देश संकटमा भएको पुष्पा भुसालको भनाई

प्रेम आचार्य
ढाकाबाङ, अर्घाखाँची । नेपाली काग्रेसकी केन्द्रिय सदस्य पुष्पा भुसालले देसमा भैरहेको समस्या र संकटको जिम्मा केपी शर्मा ओलीको सरकारले  लिनु पर्ने बताउनु भएको छ । 


नेपाली कांग्रेसले जिल्ला कार्य समिति अर्घाखाँचीले ढाकाबाङ गाबिसको खाकाबेसीमा आयोजना गरेको जनजागरण अभियानलाई सम्बोधन गदै कांग्रेसले संसदमा पेश गरेको संबिधान संसोधन बिधयेक अगाडी नबढाउदा  देशमा समस्या उत्पन्न भएको  बताउनु भएको हो । 


त्यस्तै पुर्व मन्त्रि रेवती प्रसाद भुसालले देशमा देखिएको  कालोबजारी नियन्त्रण गर्न नसक्नुले सरकारकै संरक्षणमा कालोबजारी मौलाएको ठकुवा गनु भएको छ । उहाले  पुर्ननिमार्ण बिधयेक र कांग्रेसले संसदमा पेशगरेको बिधेकसगसगै अगाडी बढाउनु पर्ने बताउनु भएको छ ।  उहाले भन्नु भयो पाकेको आपलाई कसैले झटेलाले हानु पर्दैन आँफै झरछ अहिलेको सरकार पनि त्यस्तै भएको बताउनु भएको छ ।


कार्यक्रमा पुर्व सभापति पिताम्बर शर्मा , जिल्ला उपसभापति हरिहर आचार्य,  सचिब बासुदेब आचार्य, जिल्ला सदस्य तथा महाधीबेसन प्रतिनिधि  बिस्नु खनाल मुस्कान , जिल्ला सहसचिब निर्मला क्षेत्री,  महासमिति सदस्य श्यामनाथ काश्यप,  लक्ष्मि श्रेष्ठ ,  महाधिबेसन प्रतिनिधि लेखनाथ पोख्रेल जिल्ला सदस्य गोपाल भुसाल, केसब श्रेष्ठ, धर्म भुसाल , प्रेमनारायण बेल्बासे, बाबुराम पौडेल,  रामबहादुर परियार राजेन्द्र शर्मा , तरुण दलका जिल्ला अध्यक्ष पिताम्बर खनाल, नेपाल महिला संघकी उपाध्यक्ष जानका बन्जाडे , नेबिसंघका नेता धर्म खनाल, लगायतले मनतब्य राखेका थिए । 


कार्यक्रममा स्वास्थ्यकर्मि संघका नेता डा. मुक्ति श्रेष्ठ, क्षेत्रीय सचिब हेमन्त बेल्बासे, पत्रकार सुर्य भुसाल, बिरेन्द्र केसी, तरुचुरामणी खनाल, चेतन खनाल, कृष्ण घम, रणप्रसाद बन्जाडे लगायतले मन्तब्य राखेका थिए । 
  
कार्यक्रम जिल्ला सभापति कमल प्रसाल भुसाललको सभापतित्व चेतन खनालको  स्वागत मनतब्य र सचिब लोकेन्द्र बिश्वकर्माको संचालनमा संम्पन्न भएको थियो । 
तस्बिर: प्रेम आचार्यबाट