आतंकवादीको हमलाको धम्की आएपछि अमेरिकाको लस एन्जलसका एक हजार भन्दा बढी सरकारी बिद्यालय बन्द गरिएको छ ।
जसका कारण सात लाख भन्दा बढी छात्र छात्रा प्रभावित भएका छन् । सामाजिक सञ्जाल मार्फत आतंकवादी हमलाको धम्की आएको भन्दै बिद्यालय बन्द गर्नुको बिकल्प नभएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।
यद्यपी धम्की कसले दिएको भन्ने खुलाइएको छैन । धम्कीको समाचार फैलिएपछि लस एन्जलसका प्रत्येक विद्यालयमा खानतलास गरिएको थियो ।
अमेरिकाको क्यालिफोर्नियामा भएको आतंकवादी हमलाको दुई सातापछि आएको यसप्रकारको धम्कीले अमेरिकामा उच्च सुरक्षा सर्तकर्ता अपनाइएको छ ।
यता धम्कीपछि आत्तिएका बिद्यार्थी र अभिभावकहरुलाई धैर्य धारण गर्न सुझाव दिइएको छ । (एजेन्सी)