भारतको हैदरावादमा ८ वर्षिय बालकलाई एकदिनका लागि ‘पुलिस कमिस्नर’
पौष १ गते, २०७२ मा प्रकाशित
भारतको हैदरावादमा थलासेमियाबाट पीडित एक ८ वर्षिय बालकलाई उनको अन्तिम इच्छा पुरा गर्न एकदिनका लागि ‘पुलिस कमिस्नर’ बनाइएको छ।
८ बर्षिय एम रुप अरौरा मंगलबार एक दिनका लागि हैदरावाद सहरको प्रहरी प्रमुख बनेका हुन्।
हैदरवादका सबै उच्च प्रहरी अधिकृतको उपस्थितिमा प्रहरी प्रमुख बनेका बालक अरौराले हैदरावादमा विधिको शासन स्थापना गर्ने आफ्नो चाहना रहेको बताएका थिए। उनले पुरै भारतबाट अपराध उन्मुलन गर्ने आफ्नो इच्छा पनि जाहेर गरेका थिए।
थलासेमिया रगतको खराबीका कारण लाग्ने एकप्रकारको रोग हो जुन विशेषत वंशाणुको माध्यमबाट सर्ने गर्छ। एजेन्सी