खिदीम पोखराथोक स्थित हरिहर संस्कृत तथा प्रवीधीक उच्च माविको वार्षिक उत्सव कार्यक्रम सम्पन्न (फोटो फिचर)

डिल्लीराज घिमिरे 
पोखराथोक, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पुर्व दक्षिण खिदीम ईलाका पोखराथोक १ मा रहेको पश्चिमांचलकै पहिलो विद्यालय  हरिहर संस्कृत तथा प्रवीधीक उच्च माद्यमिक विद्यालयले आयोजनामा अन्तर सदन स्तरीय विविध  कार्यक्रम  सम्पन्न भएको छ । 


विद्यालयको ७९ औँ वार्षिक उत्सव समारोह तथा ११५ औँ हरीहर जयन्तीको अवसरमा संचालित तीनदिने कार्यक्रमको पहिलो दिन उद्घाटन समारोहसँगै अन्तर सदन स्तरीय विविध क्रियाकलापमा कक्षा १-३,४-५,६-८,९-१२को संयुक्त दौड़, भलिवल, छेलो प्रतियोगीता सम्पन्न भएको थियो । 


उद्धाटन सत्र कार्यक्रमको अध्यक्षता विद्यालय व्यावस्थापन समिती अध्यक्ष अचुत गौतम,प्रमुख अतिथी स्रोत व्याक्ती यादव घिमिरेले थियो । यस्तै विद्यालय प्राचार्य हरी प्रसाद शर्मा,क्याम्पस प्रमुख गणपति घिमिरे,वर्तमान तथा पुर्व विद्यालय व्यावस्थापन समितीका पदाधिकारी,खिदीम प्रहरी चौकी प्रमुख लगायत पत्रकार डिआरजी सुमन लगायतका व्याक्तीत्वको आथित्यता रहेको कार्यक्रमको संचालन शिक्षक कृष्ण प्रसाद घिमिरेले गर्नु भएको थियो ।


पहिलो दिनको उद्घाटन समारोहको अध्यक्ष र प्रमुख अतिथी अथितीद्धयले उद्घाटन सत्रको औपचारिक कार्यक्रम दिप पप्रज्वलन गरेर सुरु भएको थियो । उद्घाटन सत्रको स्वागत मन्तव्य हरीहर विद्यालयका सहायक प्राचार्य बिष्णु प्रसाद पोखरेलको रहेको थियो । दोस्रो दिनका कार्यक्रममा हाज़िरी जवाफ,लोकगीत,हिज्जे,बक्तीत्वकला,लँगजम्प लगायतका कार्यक्रमको भएका थिए ।


७९औँ वार्षिक उत्सव कार्यक्रमको तेस्रो तथा अन्तिम दिन अन्तर सदनात्मक भलिवल खेलको फाईनल,हाईजम्प,छात्रा कुर्सीदौड ९-१२,अबिभावक विच घैटोफोर,शिक्षक तथा अविभावक भलीवल,म्यूज़िकल चेयर लगायतका कयौँ खेलकूद कार्यक्रम सम्पन्न भएका छन । यसैवीच सेवारत एवं सरुवा भई जानु भएका पुर्व शिक्षकहरुलाई सम्मान एवं अभिनन्दन गरीएको छ ।


समापन सत्रको अध्यक्षता विद्यालय व्यावस्थापन समिती अध्यक्ष अचुत गौतम,प्रमुख अतिथीमा जिल्ला शिक्षा कार्यालयका विद्यालय निरक्षक चोपलाल वेल्वासे,विशिष्ट अतिथी यस केन्द्रका स्रोत व्याक्ती यादव प्रसाद घिमिरे र हरीहर उमावीका पुर्व प्राचार्य एवं वर्तमान मैदान स्रोत केन्द्रका स्रोत व्याक्ती ठाकुर गौतमको रहेको थियो । यस्तै हरीहर वहुमुखी शिक्षा क्याम्पस प्रमुख गणपति घिमिरे,हरीहर विद्यापिठ प्रमुख शालिकराम पौडेल,हरीहर उच्च मावी प्रचार्य हरी प्रसाद शर्मा,विद्यालय व्यावस्थापन र शिक्षक अविभावक समितीका पदाधिकारी,खिदीम चौकी प्रमुख,पत्रकार डिआरजी सुमन लगायतको आथित्यता रहेको कार्यक्रममा स्वागत मन्तव्य सहित कविता वाचन शिक्षक रमेश प्रसाद गौतमको रहेको थियो । यस्तै स्वागत गीत विद्यार्थी नमूना गौतमको टीमको रहेको कार्यक्रमको संचालन शिक्षक कृष्ण प्रसाद घिमिरेले गर्नु भएको थियो ।


आजको कार्यक्रममा यसै विद्यालयका पुर्व शिक्षक दधीराम घिमिरे र शिक्षिका विमला खनाललाई दोसल्ला ओढ़ाई सम्मान पत्र प्रमुख अतिथी र विशिष्ट अतिथीले हस्तान्तरण गरी अभिनन्दन गर्नु भएको थियो । साथै बिभिन्न विधामा उत्कृष्ठ नतीजा हाँसील गर्ने प्रतियोगी टीम,अनुशासित शिक्षक कर्मचारी विद्यार्थी लगायतलाई नगद तथा दोसल्ला ओढ़ाई सम्मान गरीएको छ ।


यसैविच तहगत रुपवाट क्रमश:खिमराज गौतम,शारदा गौतम,कृष्ण प्रसाद घिमिरे,गणेशमान श्रेष्ठ सहितका शिक्षकलाई पुरष्कृत गर्दै अनुशासित पुरस्कार वितरण सुरुवातको चरणमा प्रवेश गरिएको जानकारी गराईएको छ । समापन सत्रमा विशिष्ट अथिती यादव घिमिरे,ठाकुर गौतम,शिक्षक अविभावक संघ अध्यक्ष चन्द्र कान्त पौडेल,विद्यालय व्यावस्थापन समिती अध्यक्ष अचुत गौतम,पत्रकार डिआरजी सुमन लगायतका वक़्ताको मन्तव्य रहेको थियो । मन्तव्यका क्रममा शिक्षक अविभावकको तर्फवाट आफ्नो मन्तव्य राख्दै वोल्ने वक़्ताहरुले हरीहरमा सदैव नारायण गौतम,हुमनाथ गौतम, माधवराज गौतम जस्ता व्याक्तीत्वहरु लाई कदापी भुल्न नहुने वताएका थिए ।


यस्तै प्रमुख अथिती,विशिष्ट अथिती सहितका वक़्ताले विद्यालयको अनुशासनको खुलेर प्रसंसा गर्दै सहयोग र सहकार्यको लागी तत्पर रहेको धारणा व्याक्त गरेका छन । कार्यक्रमको अन्त्यत अध्यक्षले आज सम्म गरिएका विकास कार्य र वाँकी योजनावारे प्रष्ट पार्दै विद्यालयको ८० औँ वार्षिक उत्सव अझ व्यापक रुपमा मनाउने प्रतिवद्धता जाहेर गर्दै ७९औँ वार्षिक समारोह तथा ११५ औँ हरीहर जयन्तीको तीनदिने विविध कार्यक्रम हरीहरमा सम्पन्न भएको घोषणा गर्नु भएको छ । वार्षिक समापन समारोहमा हरिहर संस्कृत,साधारण तथा प्राविधीक विद्यालयको आ॰व २०७१/७२को आर्थिक प्रतिवेदन अनुमोदनको लागी प्राचार्य हरी प्रसाद शर्माले पढेर प्रस्तुत गर्नु भएको थियो । 

विद्यालयका विद्यार्थी, अविभावक, विद्यालय व्यावस्थापन समिती पदाधिकारी, शिक्षक अविभावक समिती, सुरक्षाकर्मी, संचारकर्मी, यस स्रोत केन्द्र अन्तर्गतका विभिन्न विद्यालयका प्रतिनिधी, स्थानिय शिक्षाप्रेमीको उल्लेखनीय उपस्थितीमा सम्पन्न भएको छ ।