बिद्यार्थीलाई सचेत बनाउदै अर्घाखाँची प्रहरी

प्रेम आचार्य
सन्धिखर्क, अर्घाखाँची । सधै भरि सडकको चोकमा बसेर गाडीलाई सहजता तुल्याउने, नियम बिपरित चलेका गाडीलाई कारबाही गर्ने ट्राफीक प्रहरी अहिले बिद्यालयमा गई बिद्यार्थीलाई जनचेतानमुलक प्रशिक्षण प्रदान गर्दै आएको छ । 


तपाईको ठाउमा कुनै घटना घटेको देख्नु भयो, कते चोरी भयो अथबा कुनै समस्या उत्पन्न भयो भने प्रहरीलाइ १००  मा फोन गर्नु होस । यो जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीको नम्बर हो  । 
बाटो हिड्दा सडकको दायाबाट हिड्ने बानी बसालौ । लागु पदार्थ, धुम्रपान तथा मद्यपानबाट सधै टाढा रहौ लगायतका  जानकारी मुलक सन्देस प्रदान गर्दै जनचेतना जगाउन जिल्ला ट्राफीक प्रहरी कार्यलयले अभियान थालेको छ । 
बिभिन्न बिद्यालयमा कार्यक्रम समपन्न गरेको प्रहरीले जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र जिल्ला ट्राफिक कार्यालय अर्घाखाँचीको आयोजनामा जनज्योति उच्च मावि सन्धिखर्क चुत्रावेशीका विद्यार्थीलाई ट्राफिक ज्ञानका बारेमा प्रशिक्षण दिइएको छ । 
विद्यार्थीलाई ट्राफिक ज्ञान साथै लागु औषध दुरवेसनी सम्वन्धी ज्ञान दिइएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुरेन्द्र प्रसाद जोशी र जिल्ला ट्राफिक कार्यालयका प्रमुख रेशम रानाभाटले प्रशिक्षण दिएका थिए । 


जनज्योति उच्च माविका प्रचार्य दिनानाथ आचार्यले प्रहरीको यो अभियानले विद्यार्थीलाई ट्राफिक ज्ञानको बारेमा धेरै जानकारी हुने बताए  । कार्यक्रममा विद्यालयका करिव ५ सय विद्यार्थी र शिक्षक सहभागी थिए ।