स्पेनका प्रधानमन्त्री मारियानो रखोइलाई एक युवाले मुक्का हाने

स्पेनका प्रधानमन्त्री मारियानो रखोइलाई एक युवाले मुक्का हानेका छन् । प्रधानमन्त्री रखोइलाई बुधबार साँझ चुनाव प्रचारका क्रममा १७ वर्षीय युवाले मुक्का हानेका हुन् ।
पोन्टेभेड्रामा भएको सो घटनामा प्रधानमन्त्री रखोइको चश्मा फुटेको छ । घटनापछि जारी तस्वीरमा उनको अनुहारको बायाँतर्फ रातो दाग देखिएको छ ।
प्रधानमन्त्रीलाई मुक्का हान्ने युवा पक्राउ परेका छन् । घटनाको भिडियोसमेत जारी गरिएको छ ।
सो घटनापछि पनि प्रधानमन्त्री रखोइले आफ्नो कार्यक्रम जारी राखेको जनाइएको छ । उनको अवस्था सामान्य रहेको र गम्भीर चोट नलागेको अधिकारीहरुको भनाई छ । (एजेन्सी)