नेपाल मै पहिलो पटक सन्धिखर्कको अर्घामा लैगिंकतामा आधारित हिंसामुक्त क्षेत्र निर्माण अभियानको थालनी

नविन के.सी.
सन्धिखर्क, अर्घाखाँची । नेपाल मै पहिलो पटक अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका १३ वडा अर्घामा लैगिंकतामा आधारित हिंसामुक्त क्षेत्र निर्माण अभियानको थालनी भएको छ । 


सो अभियानको अभिमुखीकरण आज प्रमुख जिल्लाअधिकारी सुरेन्द्र पौडेल, स्थानीयविकास अधिकारी लक्ष्मी पाण्डे गौतम, महिलाविकास अधिकृत दीपा घिमिरे शर्मा र महिलाविकास निरीक्षक बेलकुमारी परियार, स्थानीय राजनीतिकदल, यु.एन.एफ.पि.ए., पत्राकारद्धय नविन के.सी. र  राधा नेपाली, स्थानीय राजनितिकदलहरु तथा स्थानीयवासिन्दा, मनकामना महिलावचत तथा ऋण सहकारी संस्थाका मिश्रा आचार्य र सामाजिक परिचालक गरी जम्मा ५५ जनाको समुस्थितिमा अर्घाकोटको दरबारमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । 
सो कार्यक्रममा लैगिंकतामा आधारित हिंसालाई कसरी न्यूनिकरण गर्ने , अभियान संचालनको प्रक्रिया के हो ?यसमा सरोकारवालाहरुको भुमिका कस्तो हुन्छ ? भन्ने विषयमा वृहत छलफल भएको छ । 
कार्यक्रमा सहभागी सबै महिला तथा पुरुष सहभागीहरुले अभियानलाई सफलबनाउने प्रतिवद्धता समेत व्यक्तगर्नुभएको छ । अभियान संचालनको प्रक्रिया सम्बन्धी अभिमुखीकरण यु.एन.एफ.पि.ए.का जिल्लाकार्यक्रम अधिकृत कर्णबहादुर नेपालीले गर्नुभएको थियो  । 
सो कार्यक्रमअनौपचारिक रुपमा शुरुवात गरिएको थियो र अभियानको औचित्यको बारेमा प्रमुख जिल्लाअधिकारी सुरेन्द्र पौडेल र महिलाविकास अधिकृत दीपा घिमिरे शर्माले संक्षिप्त मन्तव्य राख्नुभएको थियो । 
अन्तमा स्थानीय राजनितिकदलकाप्रतिनिधिहरुले प्रतिवद्धता मन्तब्यब्यक्तगर्नुभएको थियो साथै अनौपचारिक कार्यक्रमको समापन आफ्ना मन्तब्य राख्दै महिलाविकास निरीक्षक बेलकुमारी परियारले समापन गर्नुभएको छ ।