हामीले नगरे कसले गर्छ त ?

बाबु रोका मगर 
“मुसो भएर पस्नु हात्ती भएर निस्कनु” यो भनाइ साँच्चै यथार्थ हो हामी नेपालीहरु वीर गोर्खाली कहिले नझुक्ने नलुक्ने छाती खोलेर हिड्ने डटेर लड्ने हाम्रो बानि हो हाम्रो पहिचान हो भन्छौ हो यहिनै हाम्रो कमि कमजोरी हो कि जस्तो लाग्न थाल्यो |
किनकि यो भनाइ र गराई अहिलेका आम नेपालीहरुमा लागु हुन सकेको छैन यो लागु हुन्थ्यो त केवल आज भन्दा सयौ हजारौ बर्ष पहिलेका नेपालीहरुमा यदि भनेपनि कतै गल्ति संग झुक्किएर नशा खाएको पिएको अबस्थामा भन्यो कि भन्ने भान हुन्छ | विश्वास नै लाग्दैन? हुनत कुरो र कुलो जता लगेपनि जान्छ भने जस्तै हो मैले यहाँ भन्न चाहेको के ?
अहिलेका हामि नेपालीहरु केवल कुरामा मात्र सिमित छौ फेसबुकका भित्ताहरु रंग्याउन जानेका छौ एक अर्काको आलोचना गर्न जानेका छौ स्वयम् म पनि त्यहि हो | हामि आफ्नो बलबुतामा केहि गर्न नसक्ने अबस्थामा न्युटल भएर बाँचेका एक मानवरुपी पुतली बनेका छौ | कुरामा मात्र झुक्न र लुक्न नजान्ने ब्यबहारिकता मा ढल्न नसक्ने अहिलेका हामि नेपाली |
कुरा यथार्थ छ हामि नेपालीहरु आफ्नो देशमा आफुले खाएको भाँडा समेत नपखालने पराइ मुलुकमा त्यो पनि सोर्ने? हिजो जस्तै लाग्छ भारतबाट सामान्य कपाल काट्ने,फाटेका जुत्ता जाली चप्पल अनि फ़्याकिएका खालि बोतल उठाउदै नेपाल छिरेका बिहारीहरु आज सिंगो नेपाल लाइ हल्लाउन सफल भएका छन् सानो देखि लिएर ठुला-ठुला ब्यापार ब्यबसाय फैलाउन सकेका छन् सामान्य जनता देखि लिएर नेता मन्त्रि,राष्ट्रपति सम्म पुग्नु उनीहरुको मेहेनत लगनशीलता एकता पछिको सफलता हो | किनकि उनीहरुले नेपालमा आएर तपाइहामिले नगरेको काम हामीलाई काम नलाग्ने बस्तु भनि फ्याकेका चिजहरुलाई परिमार्जन गरि फेरी प्रयोगमा ल्याउदै आफ्नो दिमाग र पसिना बगाई नेपालीहरुलाई नै सुख सुबिधा दिदै आएका हुन् यो हामीहरुले भुल्नु हुदैन |
तपाइँहामीहरु लाइ त आफ्नै देशमा यस्ता काम कहाँ मन पर्थ्यो र अनि गरिन्थ्यो काम ? हामीहरु धेरै दाम खोज्दै विभिन्न देशका गल्लि मरुभूमि कोठीहरु खोज्दै देश छाड्यौ उनीहरु काम खोज्दै अर्कैको देशलाई आफ्नो देश बनाउने लक्ष्य बोकेर आए उनीहरु हामि जस्तो नेपाली बोल्दिनन केवल गर्छन मात्र आज जो तपाइँ हामीहरुको खुल्ला आँखाले हेर्न सकेका छौ उनीहरुको सफलता हो र अधिकार पनि हो | हिजो कसरि पसेका थिए आज कसरी गर्जिदै छन् ? यहाँ बाट पनि पाठ सिकौ |
त्यतिबेला जो देशका दलालहरु आफ्ना स्वार्थका लागि गरिब आमाबाबा का छोराछोरीहरुलाई बलिको बाख्रा बनाएर झुटो आस्वासन दिदै सित्तैमा नागरिकता वितरण गरि आफु सत्तामा पुग्नेहरुले जन्माएको दिन हो उनीहरुले नै रोपेको बिउ हो आजको यो आन्दोलन अनि नाकाबन्दी पनि जब नेपालको नागरिक मान्दै नागरिकता वितरण गर्न सकियो भने आज उनीहरुको माग लाइ पुरा किन नगर्ने ? गल्ति आफै बाट भएको छ भने अरुलाई जबर्जस्ति होच्चाएर किन सर्बसाधारण जनताहरुलाई झन् बढी दुख दिने? यसैको फाइदा उठाउदै कालोबजारी गर्नेहरुको लहर झन् बढ्दै गैरहेको छ यस्तो समस्याको समाधान गर्न सक्ने नेपाल सरकारको पहुँच छैन | गल्ति कमीकमजोरी हामी भित्रै छ नि ? 
जव सम्म हामी नेपालीहरु आफै आफ्नै देशमा आत्मा निर्भर हुन सक्दैनौ तब सम्म यस्ता घटनाहरु दिनका दिन बढ्दै जानेछन | कयौ मेहनती, बुद्दिमानी,कलाप्रेमी आदि महान युवाहरु पराइ मुलुक पसेका छन् यो कुनै रहर होइन बाध्यता हो यस्ता व्यक्तिहरुलाई नेपाल सरकारले नेपालमा गरि खाने बाटो दिन सकेको छैन अझै नभएर फ्री विजा फ्री टिकटको अफर दिदै देशका दरिला खम्बाहरुलाई बाहिर पठाई राष्ट्रलाई खुकुलो अनि कमजोर बनाउने तिर लागेका छन् | 
हामि मध्ये कुनै पनि एक्लो ब्याक्ति त्यति स्मार्ट हुन सक्दैन जति हामि सबै मिलेर हुन सक्छौ | अहिलेको समय र नेपाल आमाको माग पुरा गरौ आउ राष्ट्रप्रेमी युवाहरु हामिसबै मिली सरकार र सरोकारवाला हरुलाई दवाव दिदै पराइ मुलुकमा बगाउने पसिना अब आफ्नो देशमा बगाउ हाम्रो दिन त यस्तै भयो आउने पिढीहरुको सुनौलो भबिष्य बनाउ हामीले नगरे अरु कसले गर्छ र ?