संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ)ले यस वर्ष विश्वमा १ करोड ६० लाखभन्दा बढी शिशुको जन्म युद्धग्रस्त क्षेत्रमा भएको तथ्यांक सार्वजनिक गरेको छ ।
विश्वमा जन्मिने ८ शिशुमध्ये एकजनाको जन्म युद्धग्रस्त क्षेत्रमा भएको युनिसेफले गरेको अध्ययनमा उल्लेख छ ।
यो संख्याले नवजात शिशुको दयनीय स्थितिलाई चित्रण गरेको र स्थिति सामान्य नभएकोमा युनिसेफले चिन्ता व्यक्त गरेको छ । यसरी जन्मिएका अधिकांश शिशुहरुको जन्म चिकित्सा सुविधाको अभावमा हुने गरेको पाइएको छ ।
यस्ता शिशुहरु पाँच वर्षसम्म जीवित रहन सक्नेमा युनिसेफको आशंका छ । जीवित रहनेहरु पनि विभिन्न रोगको शिकार हुने र उनीहरुको सोच्ने क्षमता प्रभावित हुने सम्भावना देखिएको छ ।
सन् २०१५ को पहिलो नौ महिनामा २ लाख भन्दा धेरै बालबालिका युरोपेली मुलुकमा शरणका लागि पुगेका छन् ।
सन् २०१४ मा ३ करोडको हाराहारीमा बालकालिकाले युद्ध, हिंसा र उत्पीडनका कारण आफ्नो मुलुक छोड्न विवश भएका थिए । (एजेन्सी)