अमेरिकी कंग्रेसको एक महत्वपूर्ण समितिले पाकिस्तानमा रहेका मदरसाहरु बन्द गर्न सुझाव दिएको छ ।
पाकिस्तानका मदरसाहरुले चरमपन्थीहरुलाई सहयोग गरेको भन्दै अमेरिकी प्रतिनिधि सभाको विदेश मामिला समितिले त्यस्ता मदरसा बन्द गर्न पाकिस्तानी सरकारलाई आग्रह गरेको हो ।
समितिले पाकिस्तानलाई लिएर बनाइएको अमेरिकी नीति परिमार्जन गर्नसमेत सुझाव दिएको छ । प्रतिनिधिसभाको विदेश मामिला समितिका अध्यक्ष एस रोयसले खाडी मुलुकबाट आएको पैसाबाट चलेका पाकिस्तानी मदरसाले चरमपन्थीहरुलाई सहयोग पुगेको बताए ।
उनले पाकिस्तानी मदरसाले कट्टरपन्थी सम्बन्धी पाठ पठाउने गरेको आरोप लगाए । (एजेन्सी)