उपप्रधानमन्त्री टोप बहादुर रायमाझीद्धारा अर्घाखाँची क्रिकेट एकेडेमीको उद्घाटन (फोटो फिचर)

कमल विष्टबाट
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची सामुदायिक विकास कलव सन्धिखर्कद्धारा सञ्चालीत अर्घाखाँची क्रिकेट एकेडेमीको आज उपप्रधान तथा उर्जा मन्त्री टोप बहादुर रायमाझी बाट उद्घाटन भएको छ । 


कलबका अध्यक्ष ऋषी भट्टराईको अध्यक्षता,  मन्त्री टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यता, कलवका सचिव संंग्राम अधिकारीको स्वागत र कमल बिष्टको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा पुर्व मन्त्री एवमं नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य रेवती प्रसाद भुसाल, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, स्थानिय विकास अधिकारी लक्ष्मी गौतम, प्रहरी नायव उपरिक्षक कमल ढकाल, खेलकुद विकास समिति अध्यक्ष सिद्धि प्रसाद भुसाल, नेपाली कांग्रेसका पुर्व उपसभापति विष्णु मुस्कान, एमाओवादी अध्यक्ष चन्द्र बहादुर खड्का, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष सोभाखर पन्थी, प्रेस युनियनका अध्यक्ष सुर्य प्रसाद भुसाल, कान्तिपुर दैनिकका जिल्ला संवाददाता बिरेन्द्र के.सी., पत्रकार गोपाल प्रसाद भट्टराई, अर्घाखाँची शिक्षा क्याम्पसका प्रमुख श्री कृष्ण भुसाल लगायतका अतिथीहरुको उपस्थितीमा सम्पन्न भएको थियो ।


कार्यक्रममा मन्त्री रायमाझीले आफु उपप्रधान तथा उर्जा मन्त्री भएपनि जिल्लाको समग्र विकासको जिम्मेबारी आफ्नो काधमा रहेकोले खेलकुद क्षेत्रको विकासको लागि पनि महत्वपूर्ण योगदान पुर्याउने भन्दै एक निर्वाचन क्षेत्र एक खेल मैदान मात्र नभइ प्रत्येक गाविसमा व्यवस्थित खेल मैदानको स्थापना आफ्नो लक्ष्य रहेको बताएका छन् । साथै उहाँले उर्जा क्षेत्रमा प्रत्येक घरले लगानी गरि उर्जा संकट अन्त्य गर्ने मास्टर पलान आफुले बनाएको खुलासा गरेका छन् ।


क्रिचमा टागिएको रिबन काटी क्रिकेट ग्लवस् र हेलमेट सहित क्रिचमा प्रवेश गरेका मन्त्रीलाई प्रशिक्षक बिक्रम भुसालले गरेको बलिङमा मन्त्री रायमाझीले व्याटिङ गरि उद्घाटन गर्दा सहभागिमा रौनकता छाएको थियो ।

तस्बिरहरु: कमल विष्ट  श्याम घिमिरेबाट