कमजोर अर्थिक अवस्थाले उपचार गर्न नसकेपछि श्रीमानको ज्यान जोगाइदिन किमडाँडाकी टामकला भुसालको सबैलाई बिन्ती

अर्जुन भुसाल 
सन्धिखर्क, अर्घाखाँची  ।  सन्धिखर्क नगरपालिका वडा नं. १० किमडाँडाका व्रेन ट्युमर  रोगबाट थलिएका विष्णुप्रसाद भुसालले आर्थिक सहयोगको याचना गरेका छन्  ।
 
विष्णु प्रसाद भुसाल श्रीमति टामकलाको साथमा ।

कमजोर अर्थिक स्थितिका कारण उपचार गर्न नसकेपछि उनले सबैसँग आर्थिक सहयोगको याचना गरेका हुन । उनी यतिवेला काठामाडौंमा उपचाररत छन्  । अप्रेसन गर्न करिव पाँच-छ लाख लाग्ने भएपछि उनी चिन्तामा छन् । 
उपचार गर्न पाए बाचेर परिवार तथा समाजको सेवा गर्ने उनको आशा छ ।  श्रीमती टामकला भुसालले श्रीमानको उपचारमा सहयोग गर्न जिल्लावासी,  देशवासी तथा प्रदेशमा काम गर्ने नेपालीसँग बिन्ती गरेकी छन ।  उनले  आफ्नै नाममा एभरेष्ट वैंक लिमिटेड सन्धिखर्क शाखाबाट खोलेको ०३९००५०१२०५६१८ खाता नं. मा  रकम जम्मा गरि श्रीमानको ज्यान जोगाइदिन सबैलाई आग्रह गरेकी छिन । 
विष्णुको बेथामा आधारित समाचार  केहि दिन अघि प्रकाशनमा आएको थियो । समाचार प्रकाशनमा आएपछि सहयोदाताहरुले सहयोग गर्ने इच्छा व्यक्त गरेका छन् । 


अन्य समाचारहरु