कांग्रेस अर्घाखाँचीले सञ्चालन गरेको १० दिने जनजागरण अभियान सम्पन्न

प्रेम आचार्य
सन्धिखर्क, अर्घाखाँची । नेपाली काग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीले सञ्चालन गरेको १० दिने जनजागरण अभियान आज सम्पन्न भएको छ । 


संबिधान निर्माण , संबिधानका  अन्तर बस्तु र उत्पन्न देसको अबस्थाको बारेमा जानकारी दिन नेपाली काग्रेसले मंसिर २६ गते देखि सुरु भएको गाँउ जनजागरण अभियान सम्पन्न भएको हो । 
जिल्लाका बिभिन्न क्षेत्रमा कार्यक्रम गरि संबिधान काग्रेसले खेलेको भुमिका र संबिधान निर्माण संगै देसमा उत्पन्न भएको संकटका बिषयमा आफ्ना कार्यक्रतालाई जानकारी गराउन गाँउ गाँउमा अभियान सञ्चालन गरेको काग्रेस अर्घाखाँचीका सभापति कमल प्रसाद भुसालले जानकारी दिनु भयो  । देसमा उत्पन्न परिस्थिति , भारतले गरेको अघोषित नाकाबन्दी र मधेस आन्दोलनका बारेमा सर्बसाधारण र कार्यक्रतालाई जानकारी दिन जिल्लाका बिभिन्न स्थानमा कार्यक्रम सञ्चालन गरेको हो  ।
 

आज सन्धिखर्कमा भएको कार्यक्रममा मन्तब्य राख्दै  केन्द्रिय सदस्य तथा सभासद मान बहादुर बिश्वकर्माले नेपाली काग्रेस बिना देसको समस्या समाधान हुन नसक्ने बताउनु भएको छ । उहाले  राष्टपति,प्रधानमन्त्रि सभामुख जस्ता महत्वपुर्णपद गुमाउनु परेपनि काग्रेसले नै देशमा देखिएको समस्या समाधान गर्ने दाबी गनु भयो । 
नेपाली काग्रेसीकी केन्द्रिय सदस्य पुष्पा भुसालले नाकाबन्दी हटाउन र तराईमधेशको आन्दोलनलाई समाधान गर्न केपी ओली नेतृत्वको सरकार असफल भएको बताउनु भयो । उहाले नेपाली कांग्रेसका सभापति सुसिल कोइुरालााले   दाताहरुलाई बिन्ती गरेर ६ खर्ब बजेट जम्मा गरेकाले पुनर्णनिमाणको संयोजक बनाउनको लागि एमाले भुकम्प पिडितलाई राहात दिन भन्दा पनि त्यता तिर लागि रहेको बताउनु भयो ।  
 

काग्रेस केन्द्रिय सदस्य तथा युबा नेता प्रदीप पौडेलले काग्रेसको सरकार नभए पनि काग्रेसको बिचार प्रमुख भएको बताउनु भयो । उहाले देसमा देखिएको समस्या समाधान गर्न काग्रेस मात्र सक्षम रहेको बताउनु भयो । 
काग्रेस पुर्ब केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री रेवती प्रसाद भुसालले देशमा हालसम्म भएको परिबर्तन का्रग्रेसको पहलमा भएको बताउदै उहाँले अहिले तराईमा देखिएको समस्यमो समधान पनि कांग्रेले नै गर्ने दाबी गनु भयो । 


सभामा पुर्व सासंद डा. रामबहादुर बि.सीले  लोकतन्त्रलाई बलियो बनाउन काग्रेसले गाउमा पुगेर संविधानको अन्तरवस्तुको बारेमा जनतालाई बुझाउन गाउ आएको बताउनुभयो । उहाले यो सरकार धेरै दिन टिक्न नसक्ने बताउनुभयो ।


जिल्ला सभापति कमल प्रसाद भुसालले कांगे्रस सरकारमा नभए पनि देशमा देखिएको  संकट समाधान गर्ने  सधै अग्रसर रहेको बताउनु भयो । सभापति भुसालले  जिल्लाको बिकास निर्माणमा नेपाली काग्रेस सधै अग्रपंक्तिमा रहेको बताउनु भयो । 

 

कार्यक्रम जिल्ला सभापति कमलप्रसाद भुसालको सभापतित्व, सचिव लोकेन्द्र बि क  सञ्चालन र सदस्य धर्म भुसालको  स्वगतमा सम्पन्न सम्पन्न भएको हो ।