राप्रपा नेपालले आफ्ना देशभरका सबै सक्रिय कार्यकताको विवरण वेभसाइटमा राख्ने

संविधानसभाको चौथो ठूलो दल राप्रपा नेपाल स्मार्ट पार्टी बन्ने भएको छ। त्यसका लागि अहिले सबै काम भइरहेको नेता रबिन चाम्लिङले जानकारी दिए।
 
चौथो ठूलो दल र  पार्टी सरकारमा रहेका बेला पार्टीलाई स्मार्ट बनाउन लागिएको उनले बताए। देशभरका सबै सक्रिय कार्यकताको विवरण वेभसाइटमा राखिने उनले बताए।  अध्यक्षले घरमा बसेर नै इन्टरनेटको सहयोगले कुन क्षेत्रमा कति कार्यकर्ता छन् थाहा पाउँछन्’ उनले भने, त्यसैका लागि अहिले सफ्टवेयर निर्माण कार्य भइरहेको छ । कार्यकर्ताहरुको फोन नम्बर, शैक्षिक योग्यतादेखि सम्पूर्ण विवरण बेभसाइटमा राखिने उनले बताए। 
 
अनलाइनबाटै स्वदेश तथा विदेशमा बस्नेहरुले सदस्यता लिन मिल्ने सह प्रवक्ता माेहन श्रेष्ठले  बताए। ‘विश्वका जुनसुकै कुनामा रहेका नेपालीहरु पनि राप्रपा नेपालका सक्रिय कार्यकता बन्न सक्छन’ उनले भने ।
पार्टीका गतिविधिहरु सबै कार्यकर्तालाई एकसाथ पठाउन मिल्ने उनले सुनाए। अहिले राप्रपा नेपालका सक्रिय कार्यकर्ता २० हजारभन्दा धेरै छन । एक वर्षभित्रमा सक्रिय कार्यकर्ता १ लाख भन्दा बढी बनाउने लक्ष्य रहेको चाम्लिङले बताए। सेतोपाटीमा समाचार छ ।