भारतको सीमा सुरक्षा बलको एउटा विमान दिल्लीको द्वारिका क्षेत्रमा दुर्घटना भएको छ ।
केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले दुर्घटनाको पुष्टि गरेका छन् । दिल्लीबाट राँचीका लागि विमान उडेलगत्तै दुर्घटना भएको उनको भनाई छ ।
विमानमा सवार १० जनाको मृत्यु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
विमानमा आगो लागेको बताइएको छ । दिल्ली दमकल सेवाका निर्देशक एके शर्माका अनुसार आगो निभाइएको छ ।
नागरिक उड्डयन महानिर्देशकको कार्यालयले जनाएअनुसार सो विमान प्रशिक्षण उडानका क्रममा दुर्घटना भएको हो । विमानमा बोर्डर सेक्यूरिटी फोर्सका प्राविधिक कर्मचारी सवार रहेको जनाइएको छ ।
दुर्घटनाग्रस्त विमान आवासीय क्षेत्रमा खसेका कारण अन्य केही घाइते भएका छन् । (एजेन्सी)