नेविसंघ जनज्योती उच्च मावि चुत्राबेशीमा पौडेल

घनश्याम पौडेल
चुत्राबेशी, अर्घाखाँची । भविष्यका कणदार विद्यार्थीहरु एकजुट भएमा देश परिवर्तन गर्न सकिने एक कार्यक्रमका वक्ताले वताएका छन । विद्यार्थी संगठनले राजनिती होईन शैक्षिक सुधार र रचनात्मक काम मार्फत अगाडि वढनुपर्ने वताईएको छ । जहाँ विद्यालय त्यहाँ नेविसंघ अभियान अन्तगर्त सन्धिखर्कको जनज्योती उच्च माध्यमिक विद्यालय चुत्राबेशीमा नेविसंघका कार्यवाहक अध्यक्ष नेत्रप्रसाद मरासिनीले वताउनुभएको थियो । 
कार्यक्रममा नेविसंघका उपाध्यक्ष सुरज रायमाझीले  विद्यार्थीहरुको हक अधिकार प्राप्तिको निमित्त नेविसघं सधै लागी परेको र २०२७ सालमा स्थापना भएदेखि नेपालमा भएका आन्दोलनमा एक संवाहकका रुपमा महत्वपुर्ण भुमिका खेल्दै आएको र नेविसंघ समाजवाद, लोकतन्त्र र विद्यार्थी एकतालाई आफनो प्रमुख आदर्श वनाएको एक मात्र संगठन भएको हुदाँ भविष्यको सुन्दर सपना वनाएका विद्यार्थीहरुको अधिकार प्राप्ती र सुनिश्चिताको निमित्त सदैव लडिरहने रायमाझीको भनाई रहेको थियो ।
 यस्तै कार्यक्रममा महाअधिवेशन प्रतिनिधि तेजेन्द्र पाण्डेले शैक्षिक विकास र भौतिक विकासमा सधै एक सहयात्रीको रुपमा महत्वपुर्ण भुमिका निवार्ह गर्ने र नव गठित समितीले विद्यार्थी सगँ सम्विन्धत सन्देशमुलक कार्यक्रममा सहयोग गर्न समेत तयार रहेको वताउनुभएको थियो ।
    कार्यक्रममा १७२ सदस्यीय उच्चमावि मुल एकाई समिती गठन गरिएको छ, जसको अध्यक्षतामा घनश्याम पौडेल, उपाध्यक्ष हेमराज बन्जाडे, सचिव मोहन कुवर, विजय घिमिरे र कोषाध्यक्षमा सुधा श्र्रेष्ठ रहनुभएको छ ।