पहिलो प्रकासित मिती: (२०७२ पौष ४, शनिवार)
डिल्लीराज घिमिरे
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा सिआईजीको आयोजनामा भएको दुई दिने सूचनाको हक सम्बन्धी अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
अर्थ मन्त्रालयका उपसचिव तथा भ्रष्टचार बिरुद्धका अभियानकर्ता डा. भीष्मकुमार भूसालको प्रमुख आथित्यता कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा भुसाले भ्रष्टाचार सरकारी कार्यालयबाट मात्रै नहुने भन्दै जो सुकैब्याक्तिले पनि अरुको हित काटेर आफ्नो भलाईमा प्रयोग गर्नु भ्रष्टाचार भएको बताउनु भयो । सस्थालाई सफलताको शुभकामना दिदै उहाँले सरकारी निकायले सार्वजनिक महत्वको बिषलाई स्वतह सार्वजनिक गर्नुपर्ने भन्दै मागेका सूचना सार्वजनिक गर्न ढिलाई गर्न नहुने बताउनुभयो । साथै उहाँले सूचना लुकाउनु र भ्रष्ट्राचार गर्नु सँग सँगै जोडिएको भन्दै सूचना लुकाउने परिपार्टीको अन्त्य गर्न सरोकारवाला सबैलाई अग्रह गर्नुभयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीबी घिमीरेले सूचना पाउने नागरिकको मौलिक हक भएको भन्दै सार्वजनिक महत्वका सूचना उपलब्ध गराउनु पर्ने बताउनु भयो । घिमिरेले सार्वजनिक निकायलाई उत्तरदायी तथा पारदर्शी बनाउन सहयोग गरेकोमा सस्थालाई धन्याबाद दिदै प्रशासनमा माग भएका सूचना उपलब्ध गराउने प्रतिबद्धता समेत जनाउनु भयो ।
जिल्ला शिक्षा कार्यलयका बिद्यालय निरीक्षक नारायण पोख्रेलले सार्वजनिक निकायलाई पारदर्शी बनाउनु पर्नेमा जोड दिनुभयो । साथै पोख्रेलले सार्बजनिक निकायलाई ह्वाङ्ग नभई छ्याङ्ग पार्नु पर्नु बताउनु भयो ।
कार्यक्रममा नेकपा एमालेका उपसचिव प्रेम नारायण गैरे, एनेकपा माओबादीका जिल्ला कोषध्यक्ष छमकुमारी खनाल चिनारी, राष्ट्रिय प्रजातन्त्र पाटी नेपालका टोपबहादुर बलाल, राप्रपा का देबिबहादुर खड्का लगायतका राजनीतिक दलले आफ्नो पाटी माग गरेका सूचना उपलब्ध गराउन तयार रहेको प्रतिबद्धता समेत जनाउनु भएको थियो । दलहरुले गोपनियताको हकलाई समेत आत्मसाथ गरेर माग भए अनुसारको सूचना उपलब्ध गराउने बताएका थिए ।
सिआजीलाई सहयोग गर्ने बिभिन्न संघ सस्थाहरुलाई पनि सम्मान गरिएको छ । त्यस्तै आर्घाखाँची उद्योग बाणिज्य संघका उपाध्यक्ष युवराज श्रेष्ठलाई सस्थाले मायाको चिनो प्रदान गरको छ ।
कार्यक्रममा ज्योति उच्च माबिका प्रचार्य शंकर अर्याल, सिआईजी अर्घाका बलबहादुर रायमाझी लगायतले मन्तब्य राख्नुभएको कार्यक्रममा अभियान बिस्तार गरिएका बिद्यालयलाई सम्मान हाजिर जवाफ प्रतियोगितामा बिजयीलाई प्रमाणपत्र तथा पुरस्कार पनि प्रदान गरिएको थियो ।
जिल्लाका सरकारी कार्यालयका कार्यालय प्रमुख तथा सूचना अधिकारीको सहभागिता रहेको कार्यक्रम सूचना तथा सुशासन अभियानका अध्यक्ष तथा आरटीआई अभियानकर्ता मुक्तिनाथ भुसालको संन्चालनमा सम्पन्न भएको थियो ।