सोमालियाको सार्वजनिक स्थलमा क्रिसमस इभ मनाउन रोक लगाइएको छ ।
मुस्लिम समुदायको धार्मिक आस्थामा असर पर्न सक्ने भन्दै सोमालिया सरकारले सार्वजनिक स्थलमा क्रिसमस इभ मनाउन रोक लगाएको हो ।
यद्यपी घर घरमा भने क्रिसमस इभ मनाउन पाइनेछ । सरकारको यो निर्णयको केहीले बिरोध गरेका छन् ।
उनीहरुले आफनो धर्म र संस्कृतीको जगेर्नामा अंकुश लगाइएको भन्दै बिरोध गरेका हुन् । सोमालियामा सन् २००९ देखि सरिया कानुन लागू भएयता क्रिसमस मनाउनेक्रम घटेको थियो । (एजेन्सी)