साउदी अरबको दक्षिणी शहर जाजेनस्थित एक अस्पतालमा भएको आगलागीमा कम्तिमा २५ जनाको मृत्यु भएको छ ।
आगलागीमा परी एक सयभन्दा बढी घाइते भएका छन् । जाजेन अस्पतालको प्रसुति विभागमा आगलागी भएको अधिकारीहरुले जनाएका छन् ।
अस्पतालमा लागेको आगो नियन्त्रणमा लिएको छ । घाइतेहरुको उद्दार गरी उपचारका लागि भर्ना गरिएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन । (एजेन्सी)