सिरियामा विद्रोही समूह जैश उल इस्लामका प्रमुख नेता राजधानी दमासकसनजिक गरिएको हवाई आक्रमणमा मारिएका छन् ।
हवाई आक्रमणमा परि ४४ वर्षीय जहरुन अलुशसहित केही अरु नेता मारिएको सिरियाली सेनाले दावी गरेको हो । साउदी अरबको समर्थन पाएको यो समूह राजधानी दमासकसनजिकका क्षेत्रमा सक्रिय छ ।
केही समयअघि साउदी अरबको रियादमा भएको सिरियाका विपक्षीको सम्मेलनमा यो समूह पनि सामेल भएको थियो । समूहका उपनेता पनि सरकारी सेनाले गरेको रकेट आक्रमणमा मारिएको जनाइएको छ ।
सरकारी सेनाले जैश उल इस्लामका नेता बैठकमा बसेको स्थानलाई लक्षित गरेर १० वटा रकेट प्रहार गरेका थिए । सिरियामा राष्ट्रपति बसर अल असदको विरोधका विभिन्न विद्रोही समूह सक्रिय छन् । (एजेन्सी)