चीनमा आगामी जनवरी १ देखि हरेक दम्पत्तिले दुईवटा बच्चा जन्माउन पाउने

चीनको संसदले आगामी जनवरी १ देखि दुई सन्तान नीतिलाई कार्यान्वयन गर्न अनुमति दिएको छ ।
अहिलेसम्म एक सन्तान नीति अवलम्बन गर्दै आएको चीनमा यो कानून पारित भएसँगै अब हरेक दम्पत्तिले दुईवटा बच्चा जन्माउन पाउने छन् । यसै वर्षको अक्टोबरमा सत्तारुढ कम्युनिष्ट पार्टीले एक सन्तान नीतिलाई बदल्दै दुई वटासम्म बच्चा जन्माउन दिने अनुमति प्रदान गरेको थियो ।
चीनमा १९७० मा जनसंख्या बृद्धि रोक्नका लागि एक बच्चाको नीति लागू गरिएको थियो । चीनले साइबर सुरक्षा खतराबाट बच्नका लागि पनि नयाँ कानून ल्याएको छ । (एजेन्सी)