घनश्याम पौडेल
चुत्रावेशी, अर्घाखाँची । जनज्योती उच्च माध्यमिक विद्यालय सन्धिखर्क नगरपालीका २, चुत्रावेशी अर्घाखाँचीमा आज एक भव्य समारोहका बिच कक्षा १२ का विदयार्थीहरुद्धारा कक्षा ११ का विदयार्थीहरु लाई स्वागत गरिएको छ ।
कक्षा ११ र १२ का विद्यार्थीहरु । तस्विर: घनश्याम पौडेल, अर्घाखाँची डट्कम
कार्यक्रममा बोल्ने व्यक्ताहरुले जिल्लाकै एक नमुना विद्यालय भएकोले राम्रो सगँ अध्ययन गरी आगामी दिनमा पनि जिल्लाकै उत्कृष्ट विद्यालय वनाउन विद्यार्थीहरुको हात भएकोले सवै विद्यार्थीहरुलाई राम्रो सगँ अध्ययन गर्न अनुरोध गरिएको थियो ।
नृत्य प्रस्तुत गर्दै कक्षा १२ का विद्यार्थीहरु । तस्विर: घनश्याम पौडेल, अर्घाखाँची डट्कम
क्रार्यक्रम उक्त विदयालयका व्यवस्थापन समितीका अध्यक्ष धर्मराज वन्जाडेको प्रमुख अतिथ्यता प्राचार्य दिनानाथ आचार्यको विशिष्ट अतिथ्तामा, उच्च माध्यमिक विदयालय संयोजक नन्दराम भट्टराईका पनीे विशिष्ट अतिथ्तामा सम्पन्न भएको हो ।
गित प्रस्तुत गर्दै कलाकार श्रीधर पाण्डे । तस्विर: घनश्याम पौडेल, अर्घाखाँची डट्कम
कार्यक्रममा बोल्दै अध्यक्ष धर्मराज वन्जाडेले आजका विद्यार्थी भोलिका देशका कर्णदार हुन भन्दै सुरुदेखिनै मिहनेतका साथ अध्ययन गरि आफनो उज्जवल भविश्य निर्माण गर्न शुभकामना दिनुभएको थियो । यस विद्यालयलाई जिल्लाकै सामुदायिक विद्यालयतर्फ नमुना विद्यालय बनाउन शिक्षक, अभिभावक, समाजसेवि, बुद्धिजिवि विद्यार्थीहरु लागिपनुपर्ने बताए ।
मन्तव्य राख्दै पाचार्य दिननाथ आचार्य । तस्विर: घनश्याम पौडेल, अर्घाखाँची डट्कम
कार्यक्रममा बोल्ने अन्य व्यक्ताहरुले शिक्षाको खस्किदो गुणस्तरलाई सुधानुपर्ने भन्दै सबैले आ आफनो क्षेत्रबाट सक्दो सहयोग गर्न समेत आग्रह गरेका थिए ।
मन्तव्य राख्दै शिक्षक नारायण न्यौपाने । तस्विर: घनश्याम पौडेल, अर्घाखाँची डट्कम
प्राचार्य दिनानाथ आचार्य, उमावि संयोजक नन्दराम भट्टराई, शिक्षक नारायण न्यौपाने, शिक्षक टानवहादुर आचार्य, विद्यार्थीहरु श्याम पन्थी, तारावहादुर कुवर, खिमराज रायमाझी, विष्णु विश्वकर्मा, विनोद खडका, विक्रम ओली लगायतले मन्तव्य राख्नुभएको थियो । क्रार्यक्रम उक्त विदयालयका कक्षा १२ मा अध्ययनरत विदयार्थी निशा पन्थीको अध्यक्षता, अशोक विश्वकर्माको स्वागत मन्तव्य, नेपाल विद्यार्थी सघं जनज्योती उच्चमाविका अध्यक्ष घनश्याम पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
मन्तव्य राख्दै विदयालयका व्यवस्थापन समितीका अध्यक्ष धर्मराज वन्जाडे । तस्विर: घनश्याम पौडेल, अर्घाखाँची डट्कम
कार्यक्रम सञ्चालन गर्दे । तस्विर: घनश्याम पौडेल, अर्घाखाँची डट्कम