मातृ शिसु तथा बाल्यकालिन पोषण सुधारकालागि अर्घाखाँचीका वडा स्तरीय अन्तरक्रिया कार्यक्रम

प्रेम आचार्य

सन्धिखर्क, अर्घाखाँची ।अर्घाखाँचीका  बिभिन्न वाडहरुमा सुआहारको मातृ शिसु तथा बाल्यकालिन पोषण सुधारकालागि सामाजिक ब्यबहार परिबर्तन सञ्चार सम्बन्धि वडा स्तरीय अन्तरक्रिया कार्यक्रम सञ्चालन  भएका छन । 


वाड भित्र रहेका गर्भबती महिला , दुई बर्ष सम्मका बच्चालाई दुध चुसाइरहेका आमा, आमासमुहका सदस्य र घरपरिबारका निर्णयकर्ताहरुको कार्यक्रममा सहभागिता रहेको छ । वडा स्तरीय कार्यक्रममा महिला स्वस्थ स्वयंसेबिकाहरुले सहजीकरण गरिरहेका छन ।
अभिमुखीकरण कार्यक्रममा पोषणको महत्व, स्तनपान, थप तथा पुरक खाना, सरससफाई, हजार दिन भित्र परिबारको भुमिका आदि बिषयमा जानकारी गराईएको सुआहारका जिल्ला संयोजक दिबस ढकालले बताउनु भयो । गर्भबती र सुत्केरी महिलाको माध्यमबाट अब जन्मने बच्चा र आमाको स्वस्थ अबस्था सुदृढ गरि स्वस्थ समाजको परिकल्पना गर्न र देसको कुपोषणको अबस्था हटाउने उदेश्यका साथ सुआहाराले कार्यक्रम गरिरहेको छ । 


जिल्लाका सबै गाविसका सबै वडाहरुमा वडा  स्तरीय अभिमुखीकरण तथा पोसिलो खाना बनाउन सिकाईने साथै अन्य कार्यक्रम रहेको सुआहारा कार्यक्रमको सहजीकरण गरिरहेको सस्था लुम्बिनी सामाजीक बिकास केन्द्रका फिलड संयोजक हेमन्त बस्नेतले बताउनु भयो । 
नेपालको जनसांख्यीक सर्भेक्षण २०११ को तथ्यांक अनुसार शिसु जन्मेको १ घण्टा भित्र स्तनपान गराउनेको संख्या ४५ प्रतिसत  छ । शिसु जन्मेको एक दिन भित्र स्तनपान गराउनेको संख्या ८५ प्रतिसत छ । शिसुलाई ६ महिना सम्म पुर्ण स्तनपान गराउनेको संख्या ७० प्रतिसत छ शिसुलाइ कहिले पनि स्तनपान नगराएको भने १ प्रतिसत छ । 
  
विश्व स्वास्थ्य संगठनका अनुसार ६ महिनासम्म आमाको दुधबाहेक अन्य खानेकुराहरू बच्चालाई खुवाउनु हुँदैन । स्तनपान गराउनाले बच्चामा शारीरिक तथा मानसिक बौद्धिक विकास भई बच्चालाई कुपोषण हुनबाट जोगाउन साथै बच्चा स्वस्थ भएपछि घरमा पनि आर्थिक भार कम भई गरिबी हुनबाट जोगाउन मद्दत गर्दछ ।


बच्चालाई ६ महिनासम्म आमाको दूधमात्र खुवाउने, ६ महिनामा पास्नी(अन्न प्रासन) गरी पूरक खाना आरम्भ गर्ने नेपाली समाजमा चलेको राम्रो र वैज्ञानिक संस्कार हो। नेपाली संस्कृतिमा रहेका यी राम्रा संस्कारहरुको प्रवर्द्धन गर्न नसकिनु, केही स्थानीय जाति र क्षेत्र विशेषमा देखिएका  परम्परा र कुरीतिहरुलाई मेटाउन नसकिनुले नै नेपालमा ‘कुपोषण’ शिशु तथा बाल मृत्युको एउटा कारण बनेको छ।
  त्यसैगरी बच्चालाई २ वर्षसम्म लगातार स्तनपान गराएमा बच्चा फूर्तिलो हुने साथै ६ महिनापछि खुवाइने थप खानाले गर्दा बच्चालाई सिकाईको लागि तयार पार्ने हुँदा बच्चाले सजिलोसँग पढ्न सक्ने हुन्छ ।  
तस्बिरहरु: –  प्रेम आचार्य