खन, खनदह र सितापुर गाविसमा पुर्ण सरसफाई अभियानका लागि बालक्लबको तालिम

प्रेम आचार्य

सन्धिखर्क, अर्घाखाँची । गाँउलाई नै पुर्ण सरसफाइमा नमुना बनाउन अर्घाखाँची जिल्लाको खन, खनदह र सितापुर गाविसमा रहेका  बालक्लबहरुलाई तालिम सम्पन्न भएको छ ।
 

बालक्लबका बिद्यार्थीहरुले बिद्यालयमा आएर बिद्यालयको सरसफाइमा मात्र हैन घरमा रहेको समय  र बिदाको दिन उनीहरु घर र गाँउको सरसफाइमा लागि पर्नेहो भने गाँउलाई नै नमुना बनाउन सकन्छ भन्ने मान्यताका साथ उनीहरुलाई पुर्ण सरसफाईयुक्त तालिम प्रदान गरिएको हो । 
यो तालिम लिएका बालक्लबका सदस्यहरु घरघरमा जाने घरमा रहेका अभिभाबकहरुलाइ सरसफाई र सफा घरको बारेमा जानकारि गराउने , चर्पीको प्रयोग र साबुन पानीले हात धुनै पर्ने वोखिमपुर्ण अबस्थाको बारेमा जानकारी गराउने छन  । 


अर्घाखाँचीलाइ सन २०१७ भित्र पुर्ण सरसफाई युक्त जिल्ला घोषणा गर्ने कार्यक्रम अनुसार यस बर्ष पुर्ण सरसफाई युक्त गाविस बनाउनकालागि खन, खनदह र सितापुरमा सुआहाराले सहजीकरणका साथ कार्यक्रम गरिरहेको छ । 
तीन गाविसका बालकलबका सदस्यहरुलाई सुआहारले  पुर्ण सरसफाई अभियान, सफा घर, सफा वातावरणका बारेमा र जस्का लागि बालक्लबको भुमिकाका बिषयमा तालिम प्रदान गरेको सुआहारका जिल्ला स.योजक दिबस ढकालले बताउनु भयो ।  
तालिमका साथै बिद्यार्थीहरुलाई मादल, पुर्ण सरसफाईका नारा र सन्देस लेखिएको लुडोका साथै अत्यबस्यक सरसफाई कार्यकालागि चाहिने साबुन,नेलकटर लगायतका सामाग्री प्रदान गरिएको सुआहारा कार्यक्रम अन्तर्गत सरसफाई कार्यक्रम अधिकृत सृजना पन्थीले बताउनु भयो । 
खुल्ला दिसामुक्त घोषणा भैसकेको अर्घाखाँचीमा अहिले पुर्ण सरसफाई अभियान सञ्चालन भएको छ । जस्मा यस बर्ष सुआहारा कार्यक्रमले तीन गाविसलाई पुर्ण सरसफाईयुक्त गाविस घोषणा गर्न सहजीकरण गरिरहेको छ । 

तस्बिरहरु: –  प्रेम आचार्य