इजरायलका पूर्व प्रधानमन्त्री यहुद ओल्मर्टलाई १८ महिनाको जेल सजाय

इजरायलका पूर्व प्रधानमन्त्री यहुद ओल्मर्टलाई १८ महिनाको जेल सजाय तोकिएको छ ।
भ्रष्टाचारको अभियोगमा जिल्ला अदालतले ६ बर्षको जेल सजाय तोकेकोमा ओल्मर्टले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । सर्वोच्च अदालतले जिल्ला अदालतको निर्णय उल्ट्याउँदै ६ बर्षको सजाय घटाएर १८ महिनामात्रै सजाय तोकेको हो ।
ओल्मर्ट सन् २००६ देखि सन् २००९ सम्म तीन बर्षका लागि इजरायलका प्रधानमन्त्री बनेका थिए । तर उनीमाथि लागेको आरोप भने उनी जेरुसेलमको मेयर रहँदाको हो । ओल्मर्टले पदमा रहँदा भ्रष्टाचार गरेको आरोप लागेको थियो ।
इजरायलको इतिहासमा प्रधानमन्त्री भ्रष्टाचारको मुद्धामा जेल चलान भएको यो पहिलो पटक हो । (एजेन्सी)