पाकिस्तानमा भएको आत्मघाती विस्फोटमा कम्तीमा पनि १८ जनाको मृत्यु भएको छ ।
उत्तर पश्चिमी पाकिस्तानको मरदान शहरमा गराइएको आत्मघाती आक्रमणमा परी थुप्रैं घाइते भएका छन् ।
पेशावरको एक सैन्य स्कूलमा आक्रमण गरिएपछि गत वर्षदेखि आतंकवादविरुद्ध चालिएको सैन्य अभियानयताको यो ठूलो आक्रमण मानिएको छ ।
मोटरसाइकलमा रहेका आत्मघाती आक्रमणकारीले सरकारी भवनको पर्खालमा ठोक्काएर विस्फोट गराएको अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)