कांग्रेसका उपसभापति रामचन्द्र पौडेल अर्घाखाँचीमा, अहिल्यै पाटी सभापति उम्मेदवार घोषाणा नगरेको उल्लेख


रिपोर्टर्स क्लव अर्घाखाँची  शाखाबाट 
सन्धिखर्क, अर्घाखाँची । नेपाली कांग्रेसका केन्द्रिय उपसभापति रामचन्द्र पौडेलले अहिल्यै पाटी सभापति उम्मेदवार घोषाणा नगरेको बताएका छन । उनले समकक्षी नेतासित बसेर छलफल गरेर अगाडी बढने बताएका छन ।  
सभापतिको उम्मेदवार घोषणा गरेर जिल्ला दौडाहमा हिडेर भोट मागेको भन्ने हल्ला गलत भएको रिपोर्टर्स क्लव अर्घाखाँची  शाखाले गरेको साक्षात्कार कार्यक्रममा कांग्रेसको नेतृत्वमा बनेको संविधानबारे जानकारी दिन जिल्ला दौडाहमा हिडेको बताए ।
आउदो महाधिवेशनमा कार्यकर्ताको मनोबल उच्च बनाउन जिल्लामा हिडेको बताए । महाधिवेशनपछि काग्रेस अझै एक ढिक्का भएर आगाडी बढने बताउदै पाटी भित्र भागवण्डाको राजनीति अन्त्य गर्नुपर्नेमा जोड दिए । उनले सरकारले केही गर्न सकेन । तराई मधेश आन्दोलन, नाकाबन्दी र भूकम्प पीडितको पक्षमा भन्दा पनि आफनो कुर्ची कसरी टिकाईरहने भन्नेमा सरकार लागेको आरोप लगाए । जनताको समस्याप्रति सरकार लाचार भएको आरोप लगाए ।  


कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य मनमोहन भट्राईले महाधिवेशनपछि काग्रेस एकढिक्का भएर जाने र ६० र ४० को भागवण्डाको आरोप अन्त्य हुने बताए । उनले सुशील कोईरालाले अघिल्लो महाधिवेशनमा एक पटकको लागि मात्रै भनेर कार्यकर्तासँग भोट मागेकोले अबको सभापतिमा देउवाको विकल्प नभएको बताए । पाटीको महाधिवेशनपछि सरकार परिवर्तन हुने र त्यसको नेतृत्व काग्रेसले गर्ने दावी गरे । यो सरकार पाकेको आप जस्तै भएको छ, उनले भने, यो आफै ढल्छ । देश र जनताको समस्यालाई हल गर्नेतिर भन्दा पनि मन्त्रालय फुटाएर सत्तामा बसिरहने खेल खेलेकाले जनताप्रति उत्तरदायी भन्दा पनि पद जोगाउन केपी ओली लागेको बताए । 
कार्यक्रममा केन्द्रिय सदस्य राजनप्रसाद पंन्त,गोविन्द भटराई जिल्ला सभापति कमलप्रसाद भुसाल, नेता विष्णु मुस्कान लगायतका नेताको उपस्थिती रहेको थियो । कार्यक्रम रिपोर्टर्स क्लवका जिल्ला अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता र गणेश खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।