गणतन्त्रको आँसु

डिआरजी सुमन “एकल यात्री”
अर्घाखाँची
देश विदेश एकजुट भई एकता मै रहने धोको ।१।
जति नेता रमाए पनि नेपालीको मन छ चोखो ।।
नेताकै नोकरभए जनता कहाँ हुन्छ यो चालमा ।
शान्ति सहित एकता थियो राजतन्त्र नेपालमा ।।
कति सजिलो छ देशमा राजनैतिक भेष फेर्न ।२।
नेताहरुको सधै रमिता छ जनतालाई भाछ हेर्न ।।
सोचथियो संविधान आए देशमा खुसी छाउला ।
पिडीतका आशा थिए छिट्टै अव राहत पाउला ।।
पीडीतछौ देशका जनता हुदा आज अन्दधुन्ध ।३।
असल छिमेकी भन्नेवाटै भएको छ नाकावन्द ।।
स्वाभिमानी नेपाली रे सवैथोक भिक माग्ने बाँनी ।
देश आत्मनिर्भर नहुदा हो सधैभरी धोका खानी ।।
ईन्धनकै संकटमैछौ प्रकृतिले दिदा पनि पानी ।४।
लोभ लालच देखाई देशलाई हेप्यो जानीजानी ।।
छिमेकीको भलो नचाहाने छि कती निर्मोही हौ ।
नजिकबाट भेट्ने मनछ भन न तिमी कहाँ छौ ।।
शान्ति,समनता र न्याय साझा हाम्रो चाहाना ।५।
मुलुकलाई निकास देउ नेता नगर अव वहाना ।।
जनता मारा गणतन्त्र भो संविधान नी चाहिन्न ।
हिमाल,पहाड,तराईको सम्वन्ध तोड्न पाईन्न ।।
बिदेशीलाई रमिताछ नेपालको यो वेहाल हेर्न ।६।
उतैवाट आज्ञा आउछ आन्दोलन कै नारा फेर्न ।।
कति सजिलो छ देशमा राजनैतिक भेष फेर्न ।
नेताहरुको सधै रमिता छ जनतालाई भाछ हेर्न ।।