उत्तर कोरियाद्धारा हाइड्रोजन बम सफलतापूर्वक परीक्षण गरे सँगै विश्वव्यापीरुपमा तरंग, कडा शब्दमा विरोध
पौष २२ गते, २०७२ मा प्रकाशित
उत्तर कोरियाले बुधबार हाइड्रोजन बम सफलतापूर्वक परीक्षण गरेको समाचारले विश्वव्यापीरुपमा तरंग पैदा गरेको छ ।
उसको यो घटनाको विश्वव्यापीरुपमा निन्दा गरिएको छ भने छिमेकी देश दक्षिण कोरियाले यसबाट उत्पन्न हुनसक्ने सुरक्षाको प्रश्न उठाएको छ ।
दक्षिण कोरियाले यस बम परीक्षणपछि आवश्यक कदमका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्लाई आग्रह पनि गरेको छ ।
दक्षिण कोरियाका राष्ट्रपतिले उक्त घटनाको कडा शब्दमा विरोध गरेकी छन् । उनले यसले एसियामा मात्र नभएर संसारकै सुरक्षामाथि पनि प्रश्न उठाएकी छन् ।
राष्ट्रपतिको कार्यालयद्वारा प्रकाशन गरिएको विज्ञप्तिमा उत्तर कोरियाको यो आणविक होडको गल्तीलाई दक्षिण कोरिया एवं संसारको कुनैपनि देशले स्वीकार गर्न नसक्ने बताइएको छ ।
हो नै भन्न सकिन्न : अमेरिका
उक्त बम परीक्षणको समाचारलाई संयुक्तराज्य अमेरिकाले भने हो नै भनेर भन्न नसकिने प्रतिक्रिया दिएको छ ।
अमेरिकी सरकारले प्रकाशन गरेको विज्ञप्तिमा यसलाई उत्तर कोरियाको उत्तेजनामा आएर दिएको अभिव्यक्ति पनि हुनसक्ने जनाएको हो ।