जर्मनीमा नयाँ बर्षको सुरुवात संगै ८० महिला यौन शोषणको शिकार भएको खुलासा भएको छ । जर्मनीको कोलोन शहरका ८० महिलाले आफूहरुमाथि यौन शोषण भएको भन्दै प्रहरी प्रशासनमा उजरी दिएका छन् ।
उजुरी पत्रममा जनाइअनुसार सामूहिक बलात्कारको शिकार बनेको खुलासा गरेको छ । उजुरी दर्ता भएलगत्तै जर्मनीमा हलजल मच्चिएको छ भने मेयरले आपतकालिन बैठक आब्हान गरेका छन् ।
नयाँ बर्षको अवसरमा आयोजना गरिएको बिशेष कार्यक्रममा एक हजार नशामा रहेकोले घटनको पछाडी उनीहरुकै हात रहन सक्ने आशंका ब्यक्त गरिएको छ ।
दोषीहरुको पहिचान गरी कडा कारबाही गर्ने चेतावनी जर्मनीका न्याय मन्त्री हायको मासले दिएका छन् ।
न्याय मन्त्री मासले यसका लागि आयोग गठन गरी छानबिन गरिने जानकारी दिएका छन् । यता पिडीत महिलाहरुले भने आफूहरुको नाम गोप्य राख्न सरकारसंग माग गरेका छन् । (एजेन्सी)