अस्पतालमा विशेषज्ञ डाक्टर र कर्मचारी विहिन अर्घाखाँची स्वाथ्य कार्यालय

देवेन्द्र कुँवर  
सन्धिखर्क, अर्घाखाँची  । स्वाथ्य क्षेत्र भनेको सबै भन्दा संवेदनशिल क्षेत्र हो । कहिलेकाँही सामन्य उपचारको अभावमा मानिसको अकाल मै मृत्यु हुन सक्छ । जनशक्तिको अभाव र उपकरणको अभावमा बिरामीलाई समयमै उपचार गर्न नसकेपछि अर्घाखाँची अस्पतालबाट बुटवल र भैरहवा रिफर गर्ने गरेका थुपै्र उदारहणहरु प्रशस्तै छन् तर कैयौं पटक बिरामीले बुटवल वा भैरहवा पुग्न नपाउँदै अकालमा बिच बाटो मै ज्यान पनि गुमाउनु परेको अवस्था पनि सबैलाई जानाकारी नै छ ।


जिल्लाको मुटु भनेर चिनिएको सन्धिखर्क नगरपालिका वार्ड नं. १ मा रहेको सन्धिखर्क अस्पतालमा कुनै विशेषज्ञ डाक्टरको पद दरबन्दी आएको मितिदेखि यता नै खाली रहेको छ । जिल्ला स्वाथ्य कार्यालय अर्घाखाँचीमा मेडिकल जर्नलिष्टको दरबन्दी २०६९-८-१० गते  आएको थियो ।  तर सो पद हालसम्म पनि खाली रहेको छ । मेडिकल अधिकृत डा. कृष्ण रायमाझी सो कार्यालयबाट बिदा भए पश्चात मेडिकल अधिकृतको पद पनि २०७२ असार देखि नै खाली रहेको छ । कार्यालयमा जनस्वाथ्य अधिकृत सातौं तह, मेडिकल जर्नलिस्ट नवौं तह, मेडिकल अधिकृत आठौं तह, लेखापाल राजपत्र अनंकित प्रथम, सहलेखापाल राजपत्र अनंकित द्धितिय, स्टाफ नर्स, अनमी, डार्क रुम असिस्टेन्ट र अहेव गरि करिब ९ जना कर्मचारीको दरबन्दी रहेतापनि उक्त पदहरु लामो समय देखि नै खाली रहेका छन् ।
तर मंसिर २२ गतेदेखि खाली रहेको जनस्वाथ्य अधिकृत पदको भने सो कार्यालयमा निकै चर्चाको विषय बनेको छ । अन्य पद लामो समयदेखि खाली रहेतापनि चर्चामा रहेनन् तर अधिकृत पद खाली भएको १ महिना मै चर्चामा रह्यो कारण सातौ तहका ३ जना कर्मचारीको । स्वाथ्य कार्यालयमा अन्य खाली रहेका पदमा भने कसैको दौडधुप चलेको छैन तर जनस्वाथ्य अधिकृतमा भने तिनै जना सातौं तहको भएका कारण दौडधुप चलेको हो । जनस्वाथ्य अधिकृत लिलाराम गौतमको अवकाश पश्चात उक्त स्वाथ्य कार्यालय अधिकृत विहिन बनेको हो । सो क्षेत्रमा करिब ४० बर्षको सेवा अवधि पुरा गरेपछि उहाँले उमेर हदका कारण अनिवार्य अवकाश लिनुभएको हो । जिल्ला स्वाथ्य कार्यालयले एक कार्यक्रम गरि उहाँलाई स्वाथ्य क्षेत्रमा पु-याएको योगदानको सम्मान गर्दै गत मंसिर २१ गते उहाँलाई सम्मान सहित विदाई गरेको थियो ।
 गौतमको अवकाश पश्चात जिल्ला स्वाथ्य कार्यालयमा जनस्वाथ्य अधिकृत बन्नको लागि ३ जनाको दौडधुप चलेको थियो । ३ नै जनाले जनस्वाथ्य अधिकृत आफु हुनुपर्ने भन्दै निवेदन सो कार्यालयमा पेश गरेका छन् । स्वाथ्य कार्यालय अर्घाखाँचीले ति  ३ वटै निवेदनहरुलाई मन्त्रालयमा पठाएको तर मन्त्रालयबाट कसैको पनि नाम सिफारिस नभएको हुँदा जनस्वाथ्य अधिकृत खाली रहको कार्यालयले बताएको छ । स्वाथ्य कार्यालय अर्घाखाँचीमा हाल ३ जना सातौं तहमा कार्यरत कर्मचारी रहेतापनि उहाँहरु विभिन्न विभागको प्रमुख रहेर काम गरिरहनु भएकोले उहाँहरुबाट जनस्वाथ्य अधिकृत बन्ने सम्भावना नरहेको कार्यालयको दावी छ । निवेदनकर्ता शम्भुलाल कर्ण क्षयकुष्ठ विभागको प्रमुख, रामप्रसाद गौतम खोप सुपरभाईजर अधिकृत र हरि पन्थी वाल प्रमुखको रुपमा रहनु भएको छ । उहाँहरुमध्ये एकजनाबाट जनस्वाथ्य अधिकृत नियुक्ति गर्दा उहाँहरुले सम्हालेको फाँट खाली हुने भन्दै लोकसेवा आयोगले नै जनस्वाथ्य अधिकृत बनाएर पठाउने बताईएको छ । तत्पश्चात अब कार्यालयमा को बन्छ ? जनस्वाथ्य अधिकृत । यो विषयमा स्वाथ्य कार्यालयका कर्मचारी नै अलमलमा छन्  ।
 स्वाथ्य मन्त्रालयमा जनस्वाथ्य अधिकृत नियुक्तिको लागि ३ नै जना पुगेको भएता पनि  स्वाथ्य मन्त्रालयले भने स्वाथ्य कार्यालयको सिफारिस माग गरे पश्चात उहाँहरु रित्तै हात फर्कन बाध्य हुनुभयो । कार्यालयमा सिफारिसको माग उहाँहरुले गरेता पनि के लाई  आधार मानेर सिफारिस दिने भन्ने अलमलका कारण कार्यालयले भने सिफारिस दिन सकेन । सम्भुलाल कर्णले आफु मन्त्रालयमा जनस्वाथ्य अधिकृत बन्नको लागि सबै कागज पत्र लिएर गएता पनि स्वाथ्य कार्यालयको सिफारिस नभएका कारण आफु जनस्वाथ्य अधिकृत  हुन नसकेको बताउदै कार्यालयबाट अन्य २ जनालाई सिफारिस दिएको तर आफुलाई कार्यालयले सिफारिस नदिएको बताउनु भयो । तर कार्यालयले भने कसैलाई पनि सिफारिस नगरेको खस्यौली साप्ताहिकलाई जानाकारी दिएको छ । अधिकृतका निवेदनकर्ता सम्भुलाल कर्ण सुरुमा पाँचौ तहबाट प्रवेश गरि हाल सातौं तहको क्षयकुष्ठ निरिक्षक पदमा कार्यरत र रामप्रसाद गौतम सुरुमा तेस्रो तहको ग्रामिण स्वाथ्य कार्यकताबाट प्रवेश गरि हाल सातौं तहको खोप सुपरभाईजर अधिकृतको रुपमा कार्यरत रहनुभएको छ, भने अर्का निवेदनकर्ता हरि पन्थी सुरुमा चौंथो तहमा हेअबाट प्रवेशगरि हाल सातौं तहको जनस्वाथ्य निरिक्षकको रुपमा स्वाथ्य कार्यालयमा कार्यरत हुनुहुन्छ । रामप्रसाद गौतम ०७१ श्रावणदेखि, सम्भुलाल कर्ण ०७१ माघदेखि र हरि पन्थी ०७२ मंसिरदेखि सातौ तहको पदमा कार्यरत हुनुहुन्छ । 
स्वाथ्य कार्यालयमा जनस्वाथ्य अधिकृत नहुँदा फिल्डको अनुगमन, गोष्ठी सञ्चालन र सुचनाको प्रचार-प्रसारमा बाधा पुगेको छ । मन्त्रालयले नियमानुसार नियुक्ति गर्नको लागि पत्र पठाएतापनि कुन आधारमा नियुक्ति गर्ने भन्ने विषय छनौट गर्न नसकेको कारण नियुक्ति प्रक्रियामा ढिलाई भएको कार्यालयले जानाकारी दिएको छ । कार्यालयमा भने सातौं तहको कर्मचारीबाट जनस्वाथ्य अधिकृत बनाउन नखोज्ने तर त्यसभन्दा तल्लो तहको कर्मचारीलाई कामको जिम्मेवारी अनौपचारिक रुपमा दिने योजना रहेको नाम नबताउने सर्तमा स्रोत बताउँछ । यदि १ जनामात्र सातौं तहको कर्मचारी भएको भए सजिलै जनस्वाथ्य अधिकृत नियुक्ति हुन्थ्यो तर तिनजना भएको कारणले गर्दा कार्यालयले कसैलाई पनि जनस्वाथ्य अधिकृत तोक्न सकेको छैन । कार्यालयले गणेशराज पौडेललाई सुचना अधिकारीको रुपमा तोकेको छ । अस्पताललाई ५० शैयामा वृदी गर्नको लागि आवश्यक पहल सुरु गरिएको छ तर हाल देखिएका यि खाली पदहरुले भने राम्रो संकेत देखाएको छैन । तसर्थ यि सबै पद तत्काल पुरा गरि सर्वसाधारण जनतालाई राम्रो सेवा सुविधा दिन सम्बन्धित पक्षको ध्यान जाओस । यसमा नै सबैको हित हुनेछ ।