यो वर्ष विश्वभर आर्थिक मन्दी छाउने संकेत

विश्व बैंक तथा अन्तर्राष्ट्रिय बित्तीय संस्थाहरुले यो वर्ष विश्वभर आर्थिक मन्दी छाउने संकेत गरेका छन् । विश्व बैंकले चीनको आर्थिक स्थिति पनि नाजुक बनेको जनाएको छ ।
चीनको अर्थ व्यवस्थामा छाएको सुस्तताको असर विश्वका अन्य ४० भन्दा बढी राष्ट्रहरुमा पर्ने देखिएको छ । आर्थिक मन्दीले ल्याउने स्थितिले विश्वभर हजारौं बेरोजगार हुने संकेत दिएको छ ।
ब्राजिल, रुस, भारत, चीन सम्मिलित ब्रिक राष्ट्रहरुलाई आर्थिक मन्दीप्रति सचेत तुल्याइएको छ । ब्रिक राष्ट्रमा आबद्ध ब्राजिलको अवस्था झन् नाजुक बनेको छ । यो ब्राजिलको इतिहासमा सबैभन्दा ठूलो गिरावट हो । जहाँ सन् २०१६ शुरु भएसँगै अर्थव्यवस्थामा २ दशमलव ९५ प्रतिशतले ह्रास आएको छ ।
यसैबीच युरोपियन बैंक फर रिकन्स्ट्रक्सन एन्ड डेभलपेन्टले पनि रुस लगायत अन्य राष्ट्रको अर्थब्यवस्थामा ह्रास आएको बताएको छ । रुसको अर्थ ब्यवस्थामा ३ दशमलव ५ प्रतिशतले ह्रास आएको छ । (एजेन्सी)