बाल्कन क्षेत्रका हजारौं शरणार्थी चिसोको मारमा परेका छन् । त्यहाँको न्युनतम तापक्रम माइनस ११ डिग्री पुग्दा अधिकांश बृद्धबृद्धा र केटाकेटी मारमा परेका हुन् ।
शरणार्थीका रुपमा पलायन भएका उनीहरुसँग जाडो छल्नका लागि न्यानो कपडा र औषधीको समेत अभाव भएको छ । यहाँका अधिकांश बालबालिका ब्रोङकाइटिस र निमोनियाको शिकार बनेका छन् ।
केही अन्तर्राष्ट्रिय संस्थाले शिविर स्थापना गरी शरणार्थीको स्वास्थ्य परीक्षण गरे पनि औषधीको अभावका कारण प्रभावकारी हुन सकेको छैन ।
बाल्कन क्षेत्रमा हजारौं शरणार्थी पाल टांगेर बसिरहेका छन् । चिसोका कारण पालबाट बाहिर निस्कन नसकेका उनीहरुको दैनिकी कष्टकर बन्दै गएको छ । (एजेन्सी)