गाविस स्तरीय सरोकारवालाहरुलाई अभिमुखिकरण गोखुङगामा सम्पन्न

घनश्याम पौडेल 
गोखुङगा, अर्घाखाँची । स्थानीय निकायमा संचालन हुने हरेक कार्यक्रम तथा योजनाहरु लक्षित वर्गको सहभागितामा सम्पन्न हुने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । 
अर्घाखाँची जिल्लामा लुम्बिनी सामाजिक विकास केन्द्रले संचालन गरेको स्थानीय निकायको कानुनी  र नीतिगत पालना व्यवस्था अनुगमन कार्यक्रम अन्र्तगत गोखुङगा गाविसमा सम्पन्न गाविस स्तरीय सरोकारवालाहरुको अभिमुखिकरण कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरा बताएका हुन् । गाउँ विकास  समितिबाट संचालन हुने हरेक कार्यक्रमहरुमा लक्षित वर्गको सहभागिता हुने र उनिहरुकै माग तथा आवश्यक्ताका आधारमा बजेट विनियोजन हुने बताइएको छ । स्थानीय शासन तथा उत्तरदायि संयन्त्रको  सहयोगमा अर्घाखाँची जिल्लामा स्थानीय निकायको कानुनी  र नीतिगत पालना व्यवस्था अनुगमन कार्यक्रम संचालन भइरहेको छ । 
गाविसमा लक्षित वर्गका लागि भनेर क्रमश बालबालिका १० प्रतिशत, महिला १० प्रतिशत दलित, जनजाति, अपाङ्ग, जेष्ठ नागरिक, अल्पसङ्ख्यकका लागि १५ प्रतिशत बजेट छुट्याउने तथा कार्यान्वयन गर्ने व्यवस्था अनुसार नै बजेट विनियोजन र कार्यान्वयन भएको सरोकारवालाहरुको भनाई रहेको छ ।
कार्यक्रममा वडा नागरिक मञ्चका प्रतिनिधिहरु, नागरिक सचेतना केन्द्रका सदस्यहरुकोे उपस्थितमा सम्पन्न कार्यक्रम गाविस सचिव धर्म भुसालको अध्यक्षता तथा लुम्बिनी सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक इन्द्रमणि पौडेलको प्रमुख अतिथ्यता, उत्तरदायी अधिकृत कृष्ण प्रसाद पौडेलको  सहजिकरण र इन्द्र रेग्मीको सञ्चालनमा सम्पन्न भएको कथियो ।