अर्घाखाँचीमा ट्राफिक नियम पालन गर्ने सवारी चालक सम्मानित

बसन्त श्रेष्ठ ‘छापेली’ बाट 
सन्धिखर्क, अर्घाखाँची। ट्राफिक नियम पालन गर्ने सवारी चालक सम्मानित भएका छन ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले गरेको सवारी दुर्घट्ना न्यनिकरण सम्बन्धी प्रशिक्षण कार्यक्रममा तिन जना सवारी चालकहरुलाई सम्मान गरिएको हो । 


जिल्लामा रहेका पश्चिमाञ्चल बस ब्यावसायी समितिका सवारी चालक भिमलाल पोख्रेल, देउराली यातायात व्यावसायी समितिका सवारी चालक टोपलाल घिमीरे, र अर्घाखाँची ट्याक्सी व्यावसायी समितिका सवारी चालक हरीवहादुर बस्नेतलाई सम्मान गरिएको थियो । सम्मानित सवारी चालकहरुलाई क्षेत्रिय ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रकाश अधिकारीले सम्मान गर्नुभएको थियो । हाल सम्म ट्राफिक नियम नतोडेका, माधक पदार्थ सेवन नगर्ने सवारी चालकलाई ट्राफिक प्रहरीले सम्मान गरेको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले देशको बिषम परिस्थितीका कारण सवारी साधनलाई आवश्यक मात्रामा पेट्रोलियम पदार्थ उपलब्ध गराउन नसकेको बताउनु भएको छ । पौडेलले जिल्लामा सवारी साधन दुर्घट्ना न्युनिकरणमा ट्राफिक प्रहरीको अभियानको तथा बिगतमा भएका दुर्घट्नाको प्रसंग जोड्दै सवारी चालक अनुमति पत्र नलिएकोले सवारी चलाउदा दुर्घट्ना भएको पाइएको त्यस्ता मुद्धाले समस्या बल्झ्याएको बताउनु भयो । सवारी दुर्घट्ना बिभिन्न कारण हुने भन्दै दर्र्घट्ना हुनुको ६५ प्रतिशत कारण मावन नै हुने दाबी गर्नुभयो । 
 पश्चिमाञ्चल क्षेत्रिय ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रकाश अधिकारीले दुर्घट्ना न्युनिकरणका लागि चालकनै संयम बन्नु पर्ने बताउनुुभयो । अधिकारीले चालकमा ठुलो जिम्मेवारी रहने भन्दै उक्त जिम्मेवारी बहन गर्नु पर्ने बताउनु भयो । ‘बाटो चिप्लो हुन्छ, चालकलाई थाहा हुन्छ, बाटोमा भिडभाड हुन्छ चालकलाई थाहा हुन्छ, उहाँले भन्नुभयो, ‘अप्ठारो परिस्थितीमा सवारी साधन कुन गतिमा चलाउने त्यो पनि सवारी चालकलाई नै थाहा हुन्छ, त्यसैले चालक जुनसुकै समयमा पनि संयम बन्नुपर्छ’ उहाँले तेलको अभावमा देशभर सवारी साधन सञ्चालनमा समस्या भएको हुदा ट्राफिक प्रहरी केही लचक बनेको पनि बताउनु भयो । 
 देउराली यातायात व्यावसायी समितिका अध्यक्ष योगेन्द्र खड्काले यातायात व्याबसायीले भाडा बढाएको भन्ने बिषय गलत भएको बताउनु भयो । आफुहरुले यातायत क्षेत्रमा इन्धन अभाब हुदा हुदै पनि सवारी साधन सञ्चालन गरेको भन्दै उहाँले यातायात ब्याबसायीका समस्याहरुप्रति राजनीतिक दल, नागरिक समाज कसैले पनि सहयोग नगरेको गुनासो गर्नुभयो । खड्काले भन्नुभयो, ‘भाडाको बिषयमा क्षेत्रिय टोलीबाट पनि अनुगमन भएको थियो, सस्थाले कहाँबाट पेट्रोलियम पदार्थ कसरी ल्याएको भन्ने बिषयमा भने कतैबाट सोचिएको छैन ।’ खड्काले जिल्लामा बाटोको अवस्था, तथा व्यावसायीका समस्या प्रति पनि केन्द्रित हुन सम्बन्धित निकायले चासो दिनु पर्ने बताउनु भयो । 
 कार्यक्रममा सबै राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सचिव बासुदेब आचार्य, पत्रकार महासंघका सभापति शोभाखर पन्थीले ट्राफिक प्रहरीका गतिबिधीले आम नागरिकलाई फाइदा पुगेको बताउनु भएको थियो । दुर्घट्ना न्यनिकरण सम्बन्धी कार्यक्रममा प्रहरी नायव उपरिक्षक कमल प्रसाद खरेल र जिल्ला ट्राफिक प्रहरी इन्चार्ज रेशम बहादुर रानाभाटले जिल्लामा ट्राफिक प्रहरीको गतिबिधीको बारेमा जानकारी गराउनु भएको थियो ।