गाविस स्तरीय सरोकारवालाहरुलाई अभिमुखिकरण कार्यक्रम ढाकावाङ्ग र ठाडामा सम्पन्न (फोटो फिचर)

घनश्याम पौडेल 
ढाकावाङ्ग / ठाडा, अर्घाखाँची । नेपाल सरकार सघींय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्र्तगत स्थानीय शासन तथा उत्तरदायी संयन्त्रको सचिवालयद्धारा संचालित स्थानीय निकायको कानुनी र नीतिगत पालना व्यवस्था अनुगमन कार्यक्रम अन्र्तगत ढाकावाङ्ग र ठाडा गाउँ विकास समितिका सरोकारावालाहरुको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रममा गाउँ विकास समितिमा सुचना अधिकारी, गुनासो सुन्ने संयन्त्र, नागरिक वडापत्रको अद्यावधिक, योजनाहरुको सार्वजनिक परिक्षण गर्ने जस्ता कुराहरुमा प्रतिबद्धता समेत जायेर भएको थियो । साथै हरेक कार्यक्रमहरुमा लक्षित वर्गको सहभागिता हुने र उनिहरुकै माग तथा आवश्यक्ताका आधारमा बजेट विनियोजन हुने बताइएको छ । अर्घाखाँची जिल्लामा स्थानीय निकायको कानुनी  र नीतिगत पालना व्यवस्था अनुगमन कार्यक्रम लुम्बिनी सामाजिक विका केन्द्रले संचालन गरिरहेको छ । 


कार्यक्रममा वडा नागरिक मञ्चका प्रतिनिधिहरु, नागरिक सचेतना केन्द्रका सदस्यहरुकोे उपस्थितमा सम्पन्न कार्यक्रम गाविस सचिव हिमवहादुर भाटको  अध्यक्षता तथा लुम्बिनी सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक इन्द्रमणि पौडेलको प्रमुख अतिथ्यता, उत्तरदायी अधिकृत कृष्ण प्रसाद पौडेलको  सहजिकरण र सामाजिक परिचालक खिमवहादुर राउतकोे सञ्चालनमा सम्पन्न भएको थियो ।  


त्यस्तै ठाडा गाविसमा भएको कार्यक्रम गाविस सचिव विनोद कुवरको अध्यक्षता  लुम्बिनी सामाजिक विकास केन्द्रका परियोजना संयोजक सुरज शारुको सहजिकरणमा सम्पन्न छ ।
    
 तस्विर: घनश्याम पौडेल, ढाकावाङ्ग गाविसमा भएको कार्यक्रमका