ढिकुरा नमुना युवा परिसदको बैठक सम्पन्न, स्व.खिम प्रसाद भट्टराई छात्राबृत्ती योजना परिसद मार्फत हुने

भुवन के.सी
ढिकुरा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको ढिकुरा गाबिसमा ढिकुरा नमुना युवा परिसदको छैठौ बैठक सम्पन्न भएको छ । 
अध्यक्ष राममणी भट्टराईको अध्यक्षता र अमृतहरि घिमिरेको स्वागत तथा समिक्षात्मक मन्तब्य र सस्थाका पदधिकारीहरुको व्यापक उपस्थितिमा सुरु भएको सो बैठकमा सस्थाको अगुवाइमा हाल बन्दै गरेको टिमुरेखोलाको पुलको निर्माण कार्य र संकलित हुँदै गरेको आर्थिक सहयोगको ब्यबस्थापनको बारेमा समिक्षा भएको छ । ढिकुरा गाबिसको निकट भबिस्यमा हुन लागेको परिसदमा  के कस्ता योजनाहरु सहित प्रस्तुत हुने बारेमा पनि छ्लफल भएको छ । 
त्यसै गरि सस्थाको आर्थिक पक्षलाई चुस्त दुरुस्त राख्न तथा कोष ब्यबस्थापनलाई बैन्किङ प्रणाली मार्फत गर्नको लागि रास्ट्रीय बाणिज्य बैंक, सन्धिखर्कमा  कोशाध्यक्ष दिपक चुदाली र माधव घिमिरेको संयुक्त हस्ताक्षर चल्ने गरि आगामी आर्थिक कारोबार चेक मार्फत हुने गरी खाता सन्चालन गर्ने निर्णय भएको छ ।
यसै गरि ढिकुरा ३ पिहालेका स्थायी बासिन्दा हाल काठमाडौमा बसोबास गर्नुहुने डा. धुर्बराज भट्टराईले आफ्ना पिता स्व खिम प्रसाद भट्टराईको स्मृतिमा स्थापना गर्नु भएको खिम प्रसाद भट्टराई छात्रवृत्ति कार्यक्रम यस बर्ष देखि ढिकुरा नमुना युवा परिसद मार्फत हुने गरि प्रदान गर्नु भएको छ, गरिब, दिन दुखी, जिहेन्दार छात्राछात्र छ्नौट गरि स्व खिम प्रसाद भट्टराईको पुन्य तिथि फागुन १२ मा परिसद द्वारा एक कार्यक्रमको आयोजना गरी  छात्रवृत्ति बितरण गरिने भएको छ । 
सो कार्यक्रमको जिम्मा परिसदलाई प्रदान गर्नु भएकोमा डा धुर्बराज भट्टराई प्रती सस्थाले कृतज्ञता जाहेर गर्दै यो कार्यलाई निष्ठापुर्बक गर्ने प्रतिबद्धता जनाएको छ । 
सो बैठकमा देश बिदेशबाट सहयोग गरिरहनु भएका सबैलाई धन्यवाद  प्रकट समेत गरिएको सो बैठक  सस्थाका सचिब  भुवन केसीको सन्चालनमा भएको थियो ।

यो पनि हेर्नुस्:-
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-९ प्रगतीनगर र ढिकुरा गाबिस-१ को विचमा पर्ने टिमुरेखोलामा निर्माण हुँदै गरेको पुल। ढिकुरा नमुना युवा परिषद्को पहलमा स्थानियबासी, देशविदेशमा रहेका अर्घाखाँचीबासीको आर्थिक सहयोगमा पुल निमाणाधिन छ। पुल निर्माण पछि ढिकुरा, धनचौर, नुवाकोट, जलुके, जुकेना लगायतका गाबिसका बासिन्दालाई आवतजावतमा सहज हुनेछ । तस्बिर: भुवन के.सी, अर्घाखाँचीडट्कम