डिआरजी सुमन
वर्तमान मुलुकको परिस्थिमा सत्य र यथार्थता वोल्ने र लेख्ने मानिसलाई समाजमा पागलको रुपमा परिचय दिईन्छ भने ग़द्दारी डाँका फटाहा र लुटेरालाई राम्रो रुपमा सम्मान गरिन्छ । तर वास्तविक रुपमा नेपालमा यस समयमा सुशासन ठोस रुपमै ओझेलमा परिरहेको यथार्थता हो । यस समयमा विद्यालयमा शिक्षकले विद्यार्थीको जिवनमा अत्यावश्यक नैतिक शिक्षा पठाउनमा गरेको कन्जुस्याँई र लापरवाही गरेकै कारण आज नैतिकतापुर्ण शिक्षा विहीन विद्यार्थीवाट हुने भौतिक र नैतिक आक्रमणको दुर्व्यवहार सहनु परेको छ भने उता आफ्नो परिवारमा जन्मिएकै सन्तानलाई मातापीताले पनि आवस्यक नैतिक शिक्षा उपलव्ध गराउनु नसक्दा सन्तानवाट नै तिरस्कार हुनु परेको कटुयथार्थ सर्वव्यापी फैलाएँको छ ।
जन्मघरमा मातापीता र विद्यालयमा शिक्षकवाट सुशासनको लागी अत्यवस्यक नैतिक शिक्षाको अभावमा हुर्किएको सन्तानले गर्ने परिवार ल राष्ट्रीयताको भविष्यको कस्तो होला ? आज निम्न माद्यमिक तहवाट सुरु गराईने झोले राजनितीले लड,लुट र मार मात्र भन्ने व्यावहार सिकाउदा सिंगो समाज र राष्ट्रमा अराजकता मौलाउदै जानु स्वभाविक नै हो । हिजोका दिनमा यीनै राजनितीक दलका भरौटे नेताले सिकाएको कुव्यावहार लागु गर्दा आज गणतन्त्रात्मक नेपालको ९०% जनताले समर्थन गरेको मुलुकको संविधान जलाइएको छ । राष्ट्रीय अर्थतन्त्रमा विशेष महत्व राख्ने उद्योगधन्दा,राष्ट्रीय सम्पत्तिका आँखडा,भवन,महँगा सरकारी तथा ग़ैरसरकारी र निजी सवारी साधन जलाउने,राष्ट्रसेवक कर्मचारी,सुरक्षाकर्मी,संचारकर्मी,मानव अधिकारकर्मी,कुटनैतीक नियोग हुदै राष्ट्रिय गौरवको महत्वपूर्ण पद राष्ट्रपति र प्रधानमंत्रीको समेत सम्मान गर्न छाडीएको अवस्था सँगै आक्रमण समेत वढेको छ ।
सामान्यतः नेपालका राजनैतिक नेतृत्वको इतिहास हेर्ने हो भने प्रया:गुण्डागर्दी,तस्कर र अराजनितीक पृष्ठभूमीवाटै आउनेको वर्चस्व नै रहेको छ । नेपालका पुर्व प्रधानमन्त्रीहरुलाई फर्केर हेर्दा शिक्षक देखी पिएचडी लाईसेन्सवाला सम्म सत्र हज़ार जनता मारी सत्तामा पुगे कोही विमान अपहरण कर्ता र कोही चोर डाका फटाहा हुदै प्रधानमंत्री पदमा स्थापित हुन पुगेको कटुसत्यता हो । आज यही कुरा गरीरहदा सम्वन्धित पक्षलाई तितो लाग्न सक्छ तर यो यथासत्य नै हो । केही दिनअघी सम्मानित राष्ट्रपतिलाई जनकपुर दुर्व्यवहार गरिएको कुरा व्यापकताको साथ संचारमाध्यममा आयो । राष्ट्रको सम्मानित राष्ट्रपति पदको सम्मान गर्न नसक्नु मधेशी दलको पनी कमज़ोरी त पक्कै हो तर यहा राष्ट्रपति पदवाट अलग हेर्ने हो भने विद्यादेवी भण्डारीको पनी खासै राम्रो राष्ट्रीय छवी भएकि नेपाली नारी भने पक्कै होईनन् । हिजो दाषढुगांमा आफ्नै श्रीमान मदन भण्डारीको हत्याकाण्डमा वारेमा यीनको अपराधीलाई लुकाउन खोज्ने गरी भएका मौनता र विच विचमा आउने अभिव्यक्ति अनुरुप जनकपुर गरीएको अपमान निकै सान्दर्भिक छ । जुन नारी मुलुकको रक्षामन्त्री वन्दा समेत आफ्नै पतीको हत्यारालाई खोजी र कारवाही गर्ने हैसियत राख्दैन भने नेपाली जनता र नेपाल भूमिप्रती यीनको के मायाँ होला यहाँ गंभीर संका छ । यसै भन्दैगर्दा भण्डारी त एक उदाहरणको पात्रमात्र हुन यस्ता उदाहरण प्रस्तुत गरेर नसक्ने संख्यामा छन ।
राष्ट्रीय गरिमाको उच्च पदस्थ व्याक्तीत्वलाई सम्मान गर्न न त हिजो पिएचडी होल्डर भट्टराईले सिकाए,न त पटक पटक देश हाक्ने कोईरालाको ख़ानदानले नै सिकायो न त दाहल न त ओली न देउवा न त राणा र शाह ख़ानदानले नै सिकायो । यसैको परिणाम आज मुलुकमा यसरी नैतिक शिक्षाको कमीकै कारण देशभर अराजकताले शिखरमा ध्वजा फहराएको छ । आफ्नो अनुकुल परेमा गुण्डागर्दीको ठेकेदार वन्ने,योगी र महाज्योतीष वन्ने,शिक्षक र डाक्टर वन्ने वा सामाजिक अभियान्ता वनी अनेकानेक झोले संस्था स्थापना गरी सर्वसाधारण जनतालाई मीठा प्रलोभनमा पारी तन,धन र मनमा झुटा आस्वासन दिई सडकमा उतारी हत्या गराउने अनी आफ्नो अवसर अनुकुल नभए त्यो गलत भयो भन्दै कसैलाई आरोप लगाएर अर्को संस्था स्थापना गरी जनतालाई विचल्लीमा पर्नेगरी जाने । यस्तै अनेकानेक नाटक वुन्दै आफ्नोलागी दाम र नामको अवसर अाउने सस्थाको महत्वपूर्ण पदमा आफै नै वस्ने गरी मरिहत्य गर्ने तर जहाँ अव केही हुदैन भन्ने भएमा सत्ताको लागी उन्मुख गर्दै उक्त सस्थाको वास्ता नै नगर्ने यस्तो ख़तरनाक रोगले ग्रस्त नेपालमा आज व्यावहारिक रुपमा नैतिकता र सुशासन शव्दमा मात्र सिमित भईरहेको छ ।
आज एकैपटक धेरै ठुलो भागको दौड्मा हामी सवैले यो भुली सकेका छौ कि अरुलाई मैले राम्रो काम सिकाउन सकेमा मात्र मैले भोली सम्मान पाउने छु । ईको सिस्टम प्रणाली वमोजिम सन्तान जन्माने काम कुनै ठुलो होईन सन्तान उत्पादन त चरीचुरुंगी,पशुपंक्षी र कीटपंतगले समेत गर्छ तर मानव भएपछी त केही पृथक चेतना हुनु पर्ने त्यो हामी मानवमा मध्ये धेरैमा छैन । आफ्नो सन्तान,विद्यार्थी र कार्यकर्तालाई हामीले आज सिकाउदा यदी सकरात्मक कुरा सिकाउन सकेनौ भने भोली हामी यीनै सन्तान,विद्यार्थी र कार्यकर्तावाट नै हिजो जस्तो शिक्षा प्रदान गरियो त्यस्तो फल पाउने निश्चित छ । कुनैपनी सन्तान उत्पादन गर्नु पुर्व उक्त सन्तानलाई नैतीक र सुशासन योग्य वातावरणमा पालनपोषण शिक्षादीक्षा र सवल भविष्यको कर्मठ व्याक्ती वनाउन सकिन्छ कि सकिदैन तव मात्र सन्तान उत्पादन गर्न सकेमा मात्र भोली आफ्नो र सन्तानको भविष्य उज्जवल हुने छ त्यसरी नै कुनै एक संस्था स्थापना गर्नु पुर्व उक्त संस्थाको लागी आवस्यक आमसदस्य,पदाधिकारी र जनतासामु प्रस्तुत हुने नम्रतापूर्वक नैतिक र बौद्धिक शिक्षा,नेतृत्व शैलीमा हुनुपर्ने गुणमा कर्मठता,लगनशीलता,धैर्यता,दिर्घकालीन टिकाउ,सकरात्मक सोचमा दृढ़ता,व्याकतीगत र सामाजिक सद्भावमा लक्षित रही आफ्नो निजी स्वार्थमा भन्दापनी माथीउठी आफुवाट स्थापित वा आफुले नेतृत्व गरेको संस्थागत र राष्ट्रीय स्वार्थमा ओतप्रोत विचारधारामा केन्द्रीत रही सामाजिक न्याय र समनतामा ओतप्रोत रहन सकिएन भने हामी सामाजिक र चेतनशील प्राणी हौ भनी गरिने घमण्डता सवै व्यार्थ छ ।
( लेखक – मानवीयता र राष्ट्रियताको सवालमा पृथक विचारधाराको परिचय स्वतन्त्र पत्रकार पिएसएम व्युरो डिआरजी सुमन हो ।)