दिल्ली, भारत (अर्घाखाँची डट्कम) । भारतको राजधानी नयाँ दिल्लीमा अर्घाखाँची घर भएका एक नेपाली मृत अवस्थामा फेला परेका छन् ।
अर्घाखाँची जिल्ला धारापानी गाबिस – ७ ठुलाखार्क निबासी ४० बर्षीय नरेन्द्र पाण्डे हिजो आईताबार दिल्लीको गाजीपुर मनडी स्थित नालामा मृत अबस्थामा भेटिएका थिए ।
लुम्बिनी गौतम बुद्ध चेरिटेबल ट्रस्टका अध्यक्ष एवम अर्घाखाँचीडट्कमका सहयोगी दिपक जिसीका अनुसार मृतकको शब थाना गाजीपुरको पी सी आर गाडीले भेटाएको थियो। प्रहरीले मृत नरेन्द्र पाण्डेको मोबाइलमा फेला परेका नम्बरको आधारमा उनका आफन्तहरुलाई जानकारी गराएको थियो ।
हत्या भएको आशंका गरिएता पनि प्रहरीको प्रारम्भिक अनुसन्धानमा अहिले सम्म मृत्युको कारण खुल्न सकेको छैन। साथै उनीलाई कुनै चोटपटक पनि लागेको छैन । छोरा बाबुराम पाण्डे तथा आफन्तहरुले कसै प्रति शंका नरहेको प्रहरीलाई जानकारी गराएका छन् । प्रहरीले मृतकको शवलाई पोस्ट मार्टाम गराई आफन्तहरुलाई बुझाइएको छ।
आफन्तले उनको अन्तिम संस्कार दिल्लीको जमुना नदी स्थित निगम्बोध घाटमा गराएका छन्। नरेन्द्र पाण्डेको मृत्युले नेपालीबासी स्तब्ध भएका छन् ।
उनी करिव २ वर्ष अगाडि रोजगारको लागि दिल्ली आएका थिए । उनका २ छोरा र श्रीमती रहेका छन् । एक छोरा भारतमा र अर्को छोरा दुबईमा बैदशिक रोजगारमा छन् ।
ट्रस्टका अध्यक्ष दिपकका अनुसार घटनाको सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
स्थानिय नेपाली समुदायले पनि घटनाको सत्य तथ्य जानकारी गराउनको लागि प्रहरीलाई दबाब दिएका छन्।