धारापानीका सरोकारावालाहरुको अभिमुखिकरण कार्यक्रम सम्पन्न

कृष्ण प्रसाद  पौडेल
धारापानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको धारापानी गाउँ विकास समितिका सरोकारावालाहरुको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । 
स्थानीय निकायले पालना गर्नुपर्ने नीतिगत तथा कानूनी व्यावस्था पालना गरे नगरेको सन्दर्भमा अनुगमन गरी स्थानीय निकायलाई जनउत्तरदायी र जवाफदेही बनाउनका लागि नेपाल सरकार सघींय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्र्तगत स्थानीय शासन तथा उत्तरदायी संयन्त्रको सचिवालयद्धारा संचालित स्थानीय निकायको कानुनी र नीतिगत पालना व्यवस्था अनुगमन कार्यक्रम अन्तर्गत धारापानी गाविसका सरोकारावालाहरुको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । 
कार्यक्रममा सबै गाउँ विकास समितिमा सुचना अधिकारी, गुनासो सुन्ने संयन्त्र, गाउँ परिषद सम्पन्न भए पश्चात नागरिक वडापत्रको अद्यावधिक, योजनाहरुको सार्वजनिक परिक्षण गर्ने जस्ता कुराहरुमा प्रतिबद्धता समेत जायेर भएको छ । साथै हरेक कार्यक्रमहरुमा लक्षित वर्गको सहभागिता गराइने समेत कार्यक्रममा बोल्ने व्यक्ताहरुले भनेका छन् । अर्घाखाँची जिल्लामा स्थानीय निकायको कानुनी र नीतिगत पालना व्यवस्था अनुगमन कार्यक्रम लुम्बिनी सामाजिक विकास केन्द्रले संचालन गरिरहेको छ । 
कार्यक्रममा एकिकृत योजना तर्जुमा समितिका सदस्यहरु, वडा नागरिक मञ्चका प्रतिनिधिहरु, नागरिक सचेतना केन्द्रका प्रतिनिधिहरु, सामाजिक परिचालकहरु सदस्यहरुकोे उपस्थितमा सम्पन्न कार्यक्रममा लुम्बिनी सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक इन्द्रमणि पौडेल, परियोजना संयोजक सुरज बहादुर शारुको सहजिकरणमा सम्पन्न भएको थियो ।  

अन्य समाचारहरु