मैदान गाबिसमा २१ औँ गणतान्त्रान्त्रिक गाँउ परिषद कार्यक्रम सम्पन्न (फोटो फिचर)

डिल्लीराज घिमिरे 
मैदान, अर्घाखाँची । आर्थिक वर्ष २०७२/७३ को २१ औँ गणतान्त्रान्त्रिक गाँउ परिषद उद्घाटन कार्यक्रम अर्घाखाँची जिल्लाको मैदान गाबिस कार्यलयमा सम्पन्न भएको छ । 


गाबिस सचिव देवेन्द्र वहादुर कुमालको अध्यक्षता प्रविधिक सहायक देवराज घिमिरेको संचालन र गावीसमा क्रियाशिल सरकारी तथा गैह्रसरकार संघसस्थाको आथित्यता र जन उपस्थितीमा गणतान्त्रिक गाँउ परिषदको उदघाटन सत्रको कार्यक्रम सम्पन्न भएको छ ।


मन्तव्यका क्रममा गावीसको ऋणको वारेमा धेरैको सकरात्मक धारणा रहेको मन्तव्य व्याक्त भएको छ । गावीसमा मोटरवाटो निर्माण कार्यमा भएको ऋण जसरी संभव हुन्छ त्यसरी उचित निर्णय गरी गावीसवाट भएका सम्पुर्ण ऋण चुक्ता गरी ऋण मुक्त गावीस वनाउने कार्यमा जुट्न समेत शसक्त पहल क़दम रहेको विभिन्न समितीवाट समेत धारणा रहयो । मन्तव्यकै क्रममा भानु मावी विद्यालय व्यावस्थापन समिती अधयक्ष्य थानेश्वर घिमिरेले राजनिती दलले जनताको कुरालाई वेवस्ता गरेको वा जनताले नवुझेको हो यस विषयमा आफु दोधारमै रहेको चिन्ता व्याक्त गर्दै गावीसका नेतृत्ववाट जनतालाई अधिकतम रुपमा उपस्थिती गराउने वातावरण गरियोस भन्ने धारणा राख्नु भएको थियो । यस्तै कार्यक्रममा गावीस स्तरीय सिर्स नेतृत्व र संघसस्थाको प्रमुख वा प्रतीनिंधीको मन्तव्य रहेको थियो ।


कार्यक्रमको समापनको घोषणा पुर्व गावीस सचिवले आजका दिन वजेट विनियोजन कार्य हुन नसकेको हुदा निकट समयमै व्यापक जनउपस्थितीमा वजेट विनियोजन घोषणा सभा गरिने वताउनु भयो । प्रचार प्रसारको सुचना व्यापक रुपमा नहुदा पातलो उपस्थिती रहेको हुन सक्ने धेरै वक़्ताको गुनासो रहेकोले यसलाई सहजीकरण गर्दै २०५६ देखी आज सम्म मैदानको समाजसेवामा समर्पित हुदै अध्यक्ष पदमा रहदा कुनै पनी काम गरेवापत भत्ता नलिईकन सेवा गरेको एमाले अध्यक्ष ईन्द्रमणी घिमिरेले वताउदै सुचना व्यापक रुपमा गरिएकै हो यदी कतै गल्ती नै भएको भए जनताले गल्ती औल्याई दिएमा आगामी दिनमा यसलाई सुधार गरिदै लगने वताउनु भयो ।


यस्तै एमाओवादीको अध्यक्ष वुद्धी जीसीले आफु सधै जनता र गावीसप्रती समर्पित रहदै काम गरेको हुदा गल्ती नगरी जनताको सेवामा खटीरहदा आधारवीहीन कुनैपनी व्याक्तीलाई आरोप गर्दै टिकाटिप्पणी गरेर वसावस गर्न उचित नहुने आधारसहित सल्लाह दिएमा सहज तवरले समस्याको समाधान गर्न आफु जस्तोसुकै अवस्थामा समेत तयार रहेको वताउनु भयो । वोल्ने क्रममा नेपाली कांग्रेसका सभापती शालिकराम घिमिरेले मैदानमा भएका सवैदललाई ठुलो वा सानो पक्षपाती तवरले नभई समान तवरले हेरीएको हुदा ज़िम्मेवार दलका नेताले कुनै ठुलो दल र सानो दलको रुपमा टीकाटिप्पणी गर्नु भन्दा पनी गावीसको हितमा सवैदल मिलेरै जान पर्ने विचारमा जोड़ दिनु भयो । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष चन्द्रमणी घिमिरे,नेकपा राष्ट्रीय जनमोर्चा जिल्ला सदस्य पितम्वर घिमिरे,मैदान स्वास्थ्य चौकी प्रमुख जगदीश घिमिरे,अर्घाखाँची पर्यटन विकास वोर्ड जिल्ला अध्यक्ष लेक वहादुर टण्डन,एनेकपा माओवादी जिल्ला सदस्य भीमार्जुन घिमिरे लगायतको धेरैको मन्तव्य समग्रमा गावीसकै हितमा कार्य गर्नुपर्ने र पुरानो ऋण चुक्ता गरी पारदर्शी तवरले गावीसलाई विकसित वनाई लैजानु पर्ने धारणा रहेको थियो । 



तस्वीरहरु: डिल्लीराज घिमिरे/अर्घाखाँची डटकम

यो पनि 
विशेष नापी विभागको नापी प्रकिया मैदान गाबिसको दुर्गाटोलमा। तस्वीर डिल्लीराज घिमिरे/अर्घाखाँची डटकम