इरानले नियन्त्रणमा लिएका १० जना अमेरिकी जलसैनिकलाई रिहा गरेको छ । अमेरिकी जलसेनाको पानी जहाज खाडी क्षेत्रमा पुगेपछि इरानले आफ्ना १० सैनिकलाई नियन्त्रणमा लिएको थियो ।
कुवेतबाट बहराइनका लागि छुटेका दुई वटा साना पानी जहाजसँगको सम्पर्क टुटेको अमेरिकाले जनाएको थियो । यो घटना फारसी टापु नजिकै एउटा पानी जहाजमा प्राविधिक खरावी आएपछि भएको थियो ।
इरानले दुई वटै जहाज सुरक्षित रहेको र अमेरिकी जल सैनिकलाई छाड्ने जानकारी दिएको अमेरिकी अधिकारीहरुले बताएका थिए ।
इरानको सरकारी समाचार संस्था एफएआरएसले इरानी रिभोलुसनरी गार्डले ९ जना पुरुष र एक महिलालाई पक्राउ गरेको जनाएको थियो ।
उनीहरुलाई इरानको क्षेत्रमा विना अनुमति प्रवेश गरेकोमा पक्राउ गरिएको समाचारमा उल्लेख छ । घटना लगत्तै अमेरिकी विदेशमन्त्री जोन केरीले इरानका विदेशमन्त्री जावाद जरिफसँग कुराकानी गरेका थिए । (एजेन्सी)