इन्डोनेसियाको राजधानी जकार्तामा विहीबार भएका शृंखलाबद्ध विस्फोट र गोलाबारीमा कम्तिमा ७ जनाको मृत्यु भएको छ ।
मारिनेमा पाँचजना शंकास्पद आक्रमणकारी र दुईजना सर्वसाधारण नागरिक रहेको त्यहाँको प्रहरीले जनाएको छ ।
जाकार्तास्थित राष्ट्रपति भवन, संयुक्त राष्ट्रसंघको कार्यालयनजिक, एक सपिङ मल, क्याफे बाहिर शृंखलाबद्ध विस्फोट गराइएको हो । विस्फोटमा केही घाइते भएका छन् ।
प्रत्यक्षदर्शीहरुले धेरैजना आक्रमणकारीहरुले प्रहरीपोस्टनजिकको क्याफेमा प्रवेश गरी विस्फोट गराएको बताएका छन् ।
आक्रमणकरीमध्ये पाँचजना सुरक्षा कारबाहीमा मारिएको जनाइएको छ । अहिले स्थिति नियन्त्रणमा आएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
राष्ट्रपति जोको विडोडोले घटनालाई आतंककारी कार्यको संज्ञा दिएका छन् ।
घटनाको जिम्मेवारी कसैले नलिएपनि इस्लामिक अतिवादी समूह (आइएस)को हात रहेको हुनेसक्ने आशंका गरिएको छ । (एजेन्सी)