टर्कीको दक्षिणपूर्वी इलाकास्थित प्रहरी मुख्यालयमा भएको कार बम विस्फोट, ५ जनाको मृत्यु

टर्कीको दक्षिणपूर्वी इलाकास्थित प्रहरी मुख्यालयमा भएको कार बम विस्फोटमा कम्तिमा ५ जनाको मृत्यु भएको छ ।
दियारबकिर प्रान्तस्थित प्रहरी मुख्यालयमा भएको विस्फोटमा अन्य ३६ जनाभन्दा बढी घाइते भएका छन् ।
सरकारी अधिकारीहरुले कुर्दिस्तान वर्कर्स पार्टीका  लडाकुले विस्फोट गराएको आरोप लगाएका छन् । तर अहिलेसम्म विस्फोटको जिम्मा कसैले लिएको छैन ।
बम बोकेको कार प्रहरी मुख्यालयको भवनमा ठोक्याएर विस्फोट गराइएको हो । विस्फोटबाट नजिकैका घरहरुमा पनि क्षति भएको छ । विस्फोटपछि आक्रमणकारीहरुले प्रहरी मुख्यालयमा अन्धाधुन्ध गोली प्रहार गरेका थिए । (एजेन्सी)